धनगढीमा ७५ हजार नगद सहित नौं जना जुवाडे पक्राउ

  • आश्विन ११, २०७७
  • ९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  • खगेन्द्र अवस्थी कैलाली ।धनगढीमा ७५ हजार नगद सहित नौं जना जुवाडे पक्राउ परेका छन । उपमहानगरपालिकाको वडा नम्बर २ बोगटी चोक स्थित कृष्ण सिंहको घर कोठामा जुवा तास खेलिरहेका नौं जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पवन भाट, सोही ठाउँका नितु चन्द, दिल बहादुर सिंह, शेर बहादुर साउद र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का राम बहादुर ऐर रहेका छन । यस्तै कञ्चनपुरको भिमदत नगरपालिका वडा नम्बर ६ का जनक राज जोशी, बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ४ का नरेन्द्र मल्ल, सोही ठाउँका मिलन भण्डारी, चुरे गाउँपालिका वडा नम्बर ३ का नर बहादुर धामी रहेका छन । उनीहरुको साथबाट नगद ७५ हजार २१० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...