प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा सम्मान सहित बिदाई

  • असोज १०, २०७७
  • १४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र कृष्णनगर , कपिलवस्तु, असोज १० कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर ले सम्मान सहित बिदाई गरेको छ l करीब १५ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले बताउनु भयों साथै यस कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात 'मुस्ताँग ' जिल्ला लाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेल लाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब ऑफ कृष्णनगरको तर्फ़बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ l बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १५ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब ऑफ कृष्णनगर लाई विशेष धन्यबाद गरेकाहुन l ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के. जी. लागु औषध चरेस सहित २ जना लाइ पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको (COVID-19) रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्ण रूपले उच्च मनोबलका साथ कार्य सम्पादन गरेको ले उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले प्रशंसा पत्र समेत प्रदान गरेको छl उक्त बिदाई कार्यक्रममा प्रेस क्लब ऑफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...