धानको न्युन्तम समर्थन मुल्य निर्धारण सम्बन्धमा प्रदेश र संघ सरकारबीच छलफल

  • असोज ९, २०७७
  • २१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स , जनकपुरधाम, असोज ९ । धानको न्युनतम समर्थन मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश सरकार बीच छलफल सम्पन्न भएको छ । संघीय कृषि तथा पशुपक्षि विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न छलफलले धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिन भित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ । छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि विचार विमर्ष भएको थियो । छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।। Cp: मुख्यमन्त्रीको सचिवालय प्रदेश न. २

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...