रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा नेपाली काग्रेस वडा कार्यालयको उदघाटन

  • असोज ८, २०७७
  • ९६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट राम सरन यादव / असोज 8 गते / रौतहट नेपाली काग्रेस फतुवा बिजयपुर नगरपालिका वार्ड नं 10 दुधिअवामा आज एक समारोहबीच पुर्वसभासद माननीय सुनिल कुमार यादवले काग्रेसको वडा कार्यालय उदघाटन गर्नु भयो । रौतहट जिल्लामा नै यसरी बिधिवत रुपले उदघाटन गरिएको पहिलो वडा कार्यालयको उदघाटन ब्यानर पल्टाएर प्रमुख अतिथी श्री सुनिल कुमार यादवले गर्नु भएको थियो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला कमिटी सचिव हृदयनारायण यादव, क्षेत्र नं 3 ख का बिधायक प्रत्यासी रामनारायण यादव , क्षेत्र नं 3 का नेपाली काग्रेस सभापति रामभरोस प्र यादव , समानुपातीक बिधायक प्रत्यासी तथा तरुण दलका नेता रमेश प्रसाद खरेल, फतुवा बिजयपुरका मेयर गोपाल यादव , फतुवा बिजयपुरका नगर सभापति बाबुराम अधिकारी , गुजराका नगर सभापति कुमार चौलागाई, स्थानीय भूपनारायण धामी लगायत वक्ताहरुले उक्त कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रममा निर्मल परियारले स्वागत मन्तव्य गर्नु भएको थियो भने वडा अध्यक्ष राजू चौधरी को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...