प्रजिअ कणेलको प्रमुख आतिथ्यमा रेडियो मुस्कानको दोस्रो बार्षिक उत्सव सम्पन्न गर्दै सफलतापूर्वक तेस्रो वर्षमा प्रवेश

  • असोज ७, २०७७
  • ३०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रेडियो मुस्कान सफलतापूर्वक तेस्रो वर्षमा प्रवेश सिरहा । सिरहा सदरमुकामबाट प्रसारित रेडियो मुस्कान ९६ थोप्लो ५ मेगाहर्ज सफलता पूर्वक तेस्रो वर्षमा प्रवेश गरेको छ । झा ब्रदर्श मिडिया हाउस प्रालिद्वारा सञ्चालित रेडियो मुस्कान आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको हो । रेडियो मुस्कानले कोरोना कहरका कारण फरक तरिकाले यसवर्षको वार्षिकोत्सब मनाएको छ । कोरोनाका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै ठूला भीडभाड हुने कार्यक्रम नगरी विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सिमित सहभागितामा वार्षिकोत्सब मनाइएको हो । वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरिक भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सञ्चार राज्यको चौथो अंङ्ग भएकाले संचार क्षेत्रले समाजमा खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले रेडियोबाट प्रसारण हुने शैक्षिक, कला, साहित्यक, सांकृतिक, ज्ञानबद्र्धक कुराहरुले समाजमा सचेतना फैलाएको बताए । प्रजिअ कणेलले रेडियो मुस्कानले यस क्षेत्रमा पुर्याइरहेको योगदानको कदरसमेत गरे । यस्तै, पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले संचारकर्मीले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको सूचना समाचारको रुपमा प्रसारण प्रकाशन गरे समाचार सत्यतथ्यमा आधारित हुने धारणा राखे । उनले जनतालाई सत्य, तथ्य र प्रगतिको पथमा अगाडी बढ्न मद्घत पुग्ने सूचना प्रवाह गर्नु नै सञ्चार क्षेत्रको मुल भूमिका रहेको बताए । झा ब्रदर्श मिडिया हाउस प्रालिका अध्यक्ष सितल झाको अध्यक्षतामा भएको कार्यक्रममा received_744920272724416 1 विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरु प्रदेश टाइम्स दैनिकको प्रकाशक तथा सम्पादक रामपुकार यादव लगायत रेडियो मुस्कानका सहयोगी व्यक्तित्वलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो ।FB_IMG_1600877004799 received_427324004905636

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...