माग अनुसारको बालिका भारतमा सप्लाई दिने तिन जना विरुद्ध मुद्दा दर्ता

  • असोज ६, २०७७
  • ३२७ पटक पढिएको
  • Pradesh Times
alt

 
पवन शाह बिराटनगर / विभिन्न बहानामा लोभ लालच दिएर फ़काएर भारत तर्फ़ बेचिन भारत पुर्याईसकेको एक बालिकालाई टाईनि हेन्ड्स नेपाल द्वारा उद्धार गरी तिन जना विरुद्ध मानव बेच बिखन अन्तरगत मुद्दा दर्ता गराएको छ ।
कुमारी कन्या महिनावारी (रजस्वला) नभएको ५ फिट २ ईन्च उचाई भएको गुण भएको केटी भारतमा माग भए अनुसारको एक १७ वर्षीय बालिकालाई काठमाण्डौको एक अस्पतालमा काम गर्ने सप्तरी जिल्ला घर भएका वर्ष २८ को सुमित कुमार मण्डल को निर्देशनमा मोरङ्ग को लेटाङ घर भई हाल सुनसरी झुम्का मा जुस तथा फ़लफ़ुलको पसल गरी बस्ने वर्ष २२ की मोनिका कट्वालले बालिकालाई टिका लगाएर ५ हजार नगद सहित एक थान महंगो स्मार्ट मोबाइल फोन समेत दिने प्रलोभन दिएर ललाई फ़काई भारत सम्म पुर्याउन लागेको अवस्थामा टाईनी हेन्ड्स नेपाल को कर्मचारीहरु द्वारा नेपाल भारत सिमा इश्लामपुर बाट हिजो सोमवार बेलुका पक्राउ गरिएको हो ।
आफ़ुलाई बिराटनगर बाट ३/४ लाख रुपैया पैसा बैंक बाट झिक्न जानुछ भनि कट्वालले ति बालिका कि आमालाई आफ़्नी छोरी २/३ घण्टाको लागी मेरो साथी जान भनि पठाउन धेरै आग्रह गरेर साथमा ल्याएको र बाटोमा सुमित मण्डललाई साथामा लिएर मण्डलले बताए अनुसार चोर बाटो भएर भारतको जोगबनी हुदै फ़ारबिसगन्ज सम्म पुगेको हो । भारतको अररियामा सुमित मण्डल को भेनाजु रहेको र भेनाजुकै सम्पर्क बाट उक्त बालिकालाई माग भएको ठाउ सम्म पुर्याउन सकिने हुदा उनिहरु संग भारतिय सिमकार्ड भएको मोबाइल न भएको कारण मण्डलको भेनाजु संग सम्पर्क हुन नसकेपछी नेपाली सिमकार्डको नेट्वर्क एरियामा आउन बाध्य भएर फ़ेरी जोगबनी नजिकै नेपाल भारत सिमा इश्लामपुरमा आईपुगे । इश्लामपुर आए पछी मण्डलले आफ़्नो सहियोगी साथी सप्तरी घर भएका बिराटनगरमा बस्ने प्रदिप कुमार मण्डललाई बोलाई राती भईककेका कारण प्रदिपलाई बिराटनगरमा बस्ने प्रवन्ध मिलाउनको लागी कुरा गरिरहेको बखत २/३ घण्टाको लागी मात्र आमालाई भनेर आएको मा आमाले रिकाउने कुट्ने डरले रुईरहेको बेला टाइनी हेन्ड्स नेपालका कर्मचारी नियंत्रणमा लिएको बिवश श्रेष्ठले बताउनुभयो । यो घटनामा संलग्न रहेका तिनैजना मोनिका, सुमित र प्रदिप विरुद्ध मंगलवार मानव बेचबिखनको मुद्दा दर्ता गराएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...