कपिलवस्तुको कृष्णनगरमा जसपा द्वारा विरोध प्रदर्शन

  • असोज ३, २०७७
  • १७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुरेश कुमार पान्डेय ,कृष्णनगर, कपिलवस्तु, असोज ३ संविधान दिवस विरूद्ध कपिलवस्तुमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई मनाईरहेको तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता हाल जसपाका नेता अकरम पठानले बताएका छन । उनले भने हाम्रो अपन्वत नभएको संविधान हामी कसरी मनाउने । received_244292970297092 हाम्रो संविधानमा अधिकार खोसियो हामी कसरी संविधान दिवस मनाउने ? हो हामी पनि संविधान दिवस दिपावली गरेर मनाउछौ तर संविधानमा हाम्रो अपन्वात हुने गरि संसोधान हुनु पर्यो । नेपालको संविधान २०७२ संसोधन गर भन्ने नाराका साथ जनता समाजवादी पार्टी कपिलवस्तुले बिभेदकारी संविधानको बिरोध तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अयोजित बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विरोध प्रदर्शन गर्दै बजार परिक्रमा गरि कृष्णनगर को गोलघरमा आएर विभिन्न नेताहरूले आ-आफ्नो मन्तव्य राखेका थिए। जनता समाजवादी पार्टी नेपालका अकरम पठान,राम निवास पूरी, शम्भू पाण्डेय, छेदी प्रसाद यादव,जीवन श्रीवास्तव, बजरंगी गुप्ता ,नदीम अरशद इदरीसी, बृजेश कुमार गुप्ता, सलमान इदरीसी,निखिल पाठक,ऋषि रजक लगायत अन्य को उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...