६९ जना जनता समाजवादी पार्टीमा प्रवेश

  • असोज ३, २०७७
  • ४२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला  यादव रुपन्देही ,असोज ३ रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी गाउपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टाेलमा आज भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, महेन्द्र गुप्ता (प्रशान्त), विजय बहादुर सिंह थारु, रामधर हरिजन, रोहित सहानी लगायतले पार्टीमा प्रवेश गराउनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो । यस्तै गरि आज शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टोलामा सारदा हरिजनको अध्यक्षतामा एक सय एक जना सदस्य रहने गरी टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मिना हरिजन , पावन्ती हरिजन , कौसेलेन्दर गुप्ता, सकुन्तला हरिजन,धुर्ब बिक ,प्रभावी घर्ती,सचिवमा बालती बिक, सह–सचिवमा इसा हरिजन ,कोषाध्यक्षमा सिता घर्ती रहनु भएको युवा नेता यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...