सर्लाहीको मलंगवामा स्थिति नियन्त्रण गर्न कर्फ्यु जारी

  • असोज ३, २०७७
  • २३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, हिजो करिब १७:११ बजेको समयमा सर्लाही जिल्लाकाे मलंगवा नगरपालिका वडा नम्बर ३ विश्वकर्मा चोक स्थित विश्वकर्मा पुजा गरी विश्वकर्मा बाबाको मुर्ती सेलाउनको लागि ट्याक्टरमा राखी नजिकै रहेको पोखरीमा ल्याउने क्रममा बाटोमा मुस्लिम समुदायहरुको बस्ती नजिकै मस्जिद निर आईपुग्दा ट्याक्टरमा डिजे बाजा बजायो भन्ने विषयलाई लिएर मुश्लिम समुदायका मानिसहरु आई बादविवाद तथा झै–झैगडा समेत भएको थियोे । त्यही घटनालाई लिएर अाज हिन्दु पक्ष र मुस्लिम पक्ष दुबै पक्षहरु उक्त विषयलाई लिएर ठाउँ ठाउँमा मानिसहरु भेला जम्मा भई वादविवाद गर्न खोजेकोले आज अर्थात मिति २०७७।०६।०३ गते दिउँसो १३:३० बजे देखी भाेली अर्थात मिति २०७७।०६।०४ गते बिहान ०८:०० बजेसम्म मलगंवा बजारमा कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...