मेयरले सिचाइ आयोजनामा अनियमितता गरेको भन्दै रामगोपालपुर नगरपालिकाका वडा अध्यक्षहरुद्वारा छानविनको माँग

  • आश्विन २, २०७७
  • ७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव महोत्तरी असोज २ , महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको मेयर सिंचाई आयोजनाको पूर्ण काम नहुदै रकम निकासा तथा चेक काटिएको भन्दै वडाध्यक्षहरुले यसको छानविन हुनुपर्ने माँग गरेका छन् । रामगोपालपुर नगरपालिकाको ९ वडामध्ये ७ वडाका वडाध्यक्षहरु मेयर सिंचाई आयोजनामा व्यापक अनयमितता भएको भन्दै छानविन हुनुपर्ने माँग गरेका छन ।119883042_3790601044303325_7715954476085360734_n

रामगोपालपुर नगरपालिकाका वडानं.२,३,४,५,६,७ र ९ वडाका वडाध्यक्षहरुले संयुक्त रुपमा नगरपालिकाका प्रमुखको मान, सम्मानको लागि हरेक वडाबाट १५÷१५ लाखको रकम दिएर मेयर सिंचाई आयोजना कार्यक्रम सञ्चालन गरिएपनि नगरप्रमुख अशोककुमार मण्डलले त्यसको काम पुरा नहुदै रकम भुक्तानीको काम अगाडी बढाएको उनीहरुको आरोप छ ।

रामगोपालपुर नगरपालिका वडानं. ५ का वडाध्यक्ष जितेन्द्रकुमार चौधरीले हरेक वडामा ट्रान्सफरसहितको सिंचाईको सुविधासहित नगरप्रमुखको मानसम्मानको लागि अन्य योजना काटेर मेयर सिंचाई आयोजना कार्यक्रममा लगानी गरेपनि नगरप्रमुखले मिलेमतोमा त्यसमा काम नै नगरी आर्थिक अनियमितता गर्न खोजेको आरोप लगाउनुभयो ।

‘काम भएको खण्डमा निकासा दिनुपर्छ तर काम नै नगरी रकम निकासा गर्न खोज्नु अनियमितता बाहेक केही होइन’ भन्नुहुदै उहाँले काम नै नगरी चेक काटेको र रकम निकासा गरेको जानकारी दिनुभयो । वडा नं. १ र वडानं. ८ मा सो कार्यक्रमको रकम निकासा भइसकेको जानकारी दिनुहुदै उहाँले अन्य वडाहरुमा दवाव सिर्जना गरेपछि चेक काटिएपनि भुक्तानी नभएको बताउनुभयो । त्यसैगरी वडानं. ३ का वडाध्यक्ष जयनारायण मण्डलले आफुहरुले सो कार्यक्रममा कहाँ कहाँ के काम भएको छ र कति लगानी लागेको छ भनेर माँग्दा आफुहरुलाई नदिएको बताउनुहुदै उहाँले ति कार्यक्रममा वडाध्यक्षहरुको पनि संलग्नता छ भने कारवाही गर्न सरोकारबाला निकायहरुसंग माँग गर्नुभयो । त्यस्तै वडानं. २ का वडाध्यक्ष जनिफ खाँले कार्यपालिका सदस्यहरुलाई साईकल दिने प्रलोभनमा राति ११ बजेतिर नगरप्रमुखले विभिन्न रजिष्टरहरुमा अनधिकृत रुपमा सहि गराउँदै हिडेको बताउनुहुदै अनियमितता गर्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माँग गर्नुभयो ।

उहाँले नगरबासीहरु सबै वडाध्यक्षहरुको मिलेमतोमा भ्रष्टाचार भइरहेको भन्दै सडकमा उत्रिन थालेका छन् तर वडाध्यक्षहरुलाई आफै हरहिसाब नगरप्रमुखले नदिएको आक्रोश पोख्नुभयो । पत्रकार सम्मेलनमा रामगोपालपुर नगरपालिका वडानं. ९ का वडाध्यक्ष राजिन्द्र यादवले आफुहरुले छानविन गरी आवश्यक कारवाहीको लागी नगरपालिकामा निवेदन दर्ता गराईसकेको जानकारी दिनुहुदै छानविनको लागि मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासनलाई समेत पत्राचार गरिसकेको जानकारी दिनुभयो ।

वडा नं. ७ का वडाध्यक्ष शम्भु साहले ९ वटामा अहिलेसम्म ६ वटा ट्रान्सफर मात्रै आएको तथा आफनो वडामा ५÷६ वटा पोल मात्रै गाडे पनि भुक्तानीको लागि चेक काटिएको बताउनुहुदै काम गरेकोलाई भुक्तानी दिनु जायज रहेपनि काम नै नगरि भुक्तानी गरिने कार्य गलत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...