मन्त्री ज्ञवालीको पहलमा एक करोडका स्वास्थ्य सामग्री निःशुल्क प्रदान

  • असोज २, २०७७
  • २५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स गुल्मी, असोज २ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको पहलमा गुल्मीमा कोरोना भाइरस परिक्षणका लागि पीसीआर प्रयोगशाला स्थापना भएको छ । ज्ञवालीले पीसीआर मेसिन, बायोसेफ्टी क्याविनेट र अन्य उपकरण गरि करिब १ करोड बराबरका सामग्री उपलब्ध गराएपछि गुल्मीमा ल्याव स्थापना भएको हो । मन्त्री ज्ञवालीले हिमालयन एयरलाईन्स मार्फत पीसीआर मेसिन, स्वास्थ्य मन्त्रालयबाट बायोसेफ्टी क्याविनेट र अन्य स्वास्थ्य सामग्री आफैले पहल गरेर उपलब्ध गराउनुभएको थियो । प्रयोगशालाको उदघाटन गर्दै मन्त्री ज्ञवालीले जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रण र सुरक्षाका लागि आफूले ति सामग्री उपलब्ध गराउन पहल गरेको बताउनुभयो । उहाँले अझै पनि कोरोना संक्रमण बढ्दै गएको र विभिन्न परिस्थितिले सबै क्षेत्र खुल्ला गरिएकाले प्रयोगशालाको आवश्यकता झन् बढेको बताउनुभयो । ‘लामो समयको लकडाउन खुला गरिएसँगै परीक्षणको महत्व थप बढेको छ,’ उहाँले भन्नुभयो, ‘अब हप्तौं रिपोर्ट कुर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ उहाँले अबको हरेक व्यक्ति आफैं सचेत भएर स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु पर्ने र हरेक नागरिक स्वास्थ्य सिपाही बनेर सहजीकरण गर्नु जरुरी रहेको बताउनुभयो । ल्यावका लागि आवस्यक पर्ने अन्य मेसिनरी उपकरण जिल्लाका १२ वटै स्थानीय तहहरुले व्यहोर्ने गरी रेसुङ्गा नगरपालिकाले समन्वय गरेर खरिद गरेको थियो । स्थापनाको लागि समन्वय गरेको रेसुङ्गाले तयार गरेको प्रयोगशाला संचालन कार्यविधी शुक्रबार बस्ने जिल्ला विपद् व्यावस्थापन समितिले अनुमोदन र ११ सदस्यीय समितिको अनुमोदन गरेपछि जिल्ला अस्पतालले परीक्षणका लागि प्रकृया अघि बढाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताउनुभयो । प्रयोगशाला सञ्चलनका लागि अहिले प्रादेशिक प्रयोगशालाका र गुल्मी अस्पतालबाट एकजना गरी दुई जना प्राबिधिक छन् भने अन्य १५ जना करारमा भर्ना गर्नका लागि विज्ञापन गरीएको छ । अन्य प्राविधिक भर्नापछि असोज ७ गतेबाट नियमित स्वाब संकलन र परिक्षण गरिने रेसुङ्गा नगरपालिकाले जनाएको छ । अहिले गुल्मी जिल्लाका स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पुर्‍याउनुपर्ने बाध्यता छ । प्रयोगशालामा स्वाबको चाप बढी हुँदा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएकाहरुको स्वाबको पीसीआर रिपोर्ट आउन १५ दिन सम्म लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...