गाउँपालिका भित्रका सम्पुर्ण समस्यामा अाफु लागि परेको : कार्यवाहक अध्यक्ष चाैधरी

  • असोज १, २०७७
  • २८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा /नवलपरासी ,१ असाेज पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेकाे सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने प्रतापपुर गाँउपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चाैधरीले जानकारी दिनु भएकाे छ। प्रतापपुरमा रहेकाे वडा न १ देखि ९ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भयाे । प्रतापपुर गाँउपालिका भारतकाे सिमा नाका सम्म बानावट रहेकाे यी क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनि ,चेलिबेटी बेचबिखन,महिला हिंसा ,तथा गाडि दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकाेले यश तर्फ पनि अाफु समाधानका लागि , लागि परेकाे बताउनु भयाे। याे गाँउपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे। गाँउपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई प्रतापपुरकाे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे । याे बर्षकाे खास गरि काेभिड बिशेष कार्यक्रम ,सडक कालाेपत्रे शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रकाे कार्यलाई निरन्तर्ता दिने जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...