सशस्त्र प्रहरीद्वारा अवैध सिध्रा बरामद गरी भन्सार दाखिला

  • आश्विन १, २०७७
  • १४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 पवन शाह बिराटनगर / भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुराकिको आधारमा बुधवार रातिको एक बजे को समयमा बिराटनगर १६ दरैया बस्तिको मुसहरी टोलबाट नेपाल ल्याउन को लागी दशगजा नजिक जम्मा गरेर राखेको अवस्थामा सिध्रा (माछाको सुकुटी) बरामद गरेको हो । १८ वटा बोरामा रहेको सिध्रा को तौल ६ सय ३० किलो भएको र उक्त सिध्रा (माछाको सुकुटी) भन्सार दाखिला भन्सार मुल्यांकन १ लाख ८९ हजार रुपैया भएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...