औरही न पा का स्वास्थ्यकर्मी द्वारा प्रशासकिय अधिकृत लाई ज्ञापन पत्र

  • असोज १, २०७७
  • ५७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र  कुमार यादव-महोत्तरी, असोज १ । महोत्तरी जिल्लको औरही नगरपालीकामा कार्यरत स्वास्थ्य कर्मीहरुले एक जुट भएर निमित्त प्रशाशकिय अधिकृत लाई ज्ञापन पत्र बुझाएका छन। हाल बिश्वभरी चलीरहेको कोभिड १९ (कोरोणा) महामारीको समयमा जानको प्रबाह नगरी दिनरात काम गर्दै आईरहेको भएपनी आफुहरुले पाउने सेवा सुबिधा न पा कार्यालयले संबोधन नगरेको कारण ज्ञापन पत्र मार्फत ध्यनाकर्षण गराएको स्थानिय स्वास्थ्य कर्मीहरु द्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।received_24643669725646251 उनीहरुले कोभिड १९ को जोखीम भत्ता, पदस्थापन नभएको लाई पदस्थापना गर्ने र बाकी रहेको सञ्चय कोष, नागरीक लगानी कोष साथै नागरीक लगानी बचत बृद्धि कोष यथासिध्र जम्मा गरी दिन मांग गरेका हुन । स्थानिय स्वास्थ्यकर्मीहरुले तत्काल आफनो मांग पुरा नभएमा स्वास्थ्य सेवा ठप्प गरेर चरणबध रुपमा बिरोधका कार्यक्रम गरीने र यसको सम्पुर्ण जिम्मा नगरपालिका कार्यालयले लिनु पर्ने जनाईएको छ । उनिहरुले मंगलबार दिउँसो न पा को कार्यालयमा गई यसै औरही न पा वडा नं १ मा रहेका स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र यादबको अगुवाईमा सम्पुर्ण स्वास्थकर्मीहरु निमित्त प्रशाशकिय अधिकृत “समाकक्ष” ज्ञापन पत्र पेश गरेका छन।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...