बिश्वकर्मा पुजा भब्यताको साथ आज मनाइदै

  • आश्विन १, २०७७
  • १२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सतेन्द्र यादव बिष्णुपुर सिरहा असोज १ । परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा  भब्यताको  साथ आज मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन । विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् । सिरहाको बिष्णुपुरमा  रहेका विभिन्न उधोग,कलकारखाना,ग्यारेज,हार्डवेयरपसल,सवारी साधनलाई पुजागरी मनाईदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरस कोभिड -१९ को सङ्क्रमण  देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द रहेका छन् । बिश्वकर्मा पुजाको भोली पल्ट आ–आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा खोला लगेर सेलाईने परम्परा रहेको छ । भने कसैले बिश्वकर्माबाबाको फोटो राखेर मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...