बालउद्यान निर्माणमा इन्जिनियर रेबन्त बस्नेतद्वारा १ लाख सहयोग

  • भदौ ३१, २०७७
  • २४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव महोत्तरी भदौ ३१ , महोत्तरीको बर्दिबासका इन्जिनियर रेबन्त बस्नेतले बालउद्यान निर्माणमा अहिलेसम्मकै सबै भन्दा बढी नगद सहयोग गरेका छन् ।

जनसहयोगी युवा सञ्जाल बर्दिबासले बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा निर्माण गरिएको चिल्ड्रेन पार्क निर्माणमा १ लाख १ हजार १ सय ११ ?पैंया सहयोग गरेका छन् ।

जनस्तरबाट निर्माणाधिन बालउद्यान निर्माणमा आर्थिक अभाव भएको सुनेर इन्जिनियर बस्नेतले सञ्जलका अध्यक्ष परमेश्वर महतोलाई निर्माण स्थलमा पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।  बस्नेत बर्दिबास साँझा समाज काठमाण्डौंका अध्यक्ष समेत छन् । युवाहरु ले थालेको सामुदायिक विद्यालय सुधारको कार्य प्रशंसनिय रहेको बताए । ‘तीन महिनाको प्रगति हेर्दा अदभुत लाग्छ । एक पैसा हातमा नभएर पनि आँटले गर्छु भन्दाको यो सफलता हो,’उनले भने ,‘मैले सानो सहयोग गरेको हुँ । म पनि यो समाज ?पान्तरणको अभियानमा जुट आएको हुँ । समाज दल दलमा विभाजित छन् ।

तर, समाजिक काममा सबै जनाको एकै स्वर सुनेको देख्दा र सोंचको देख्दा एकदमै खुशी लाग्यो । बालउद्यान निर्माणको स्थलगत अवलोकन तथा सहयोग हस्तान्तरण गर्न पुगेका इन्जिनियर बस्नेतलाई विद्यालय परिवारले दोसल्ला ओढाई अविर लगाएर सम्मान गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बस्नेत फुटवेर उद्योग‘सभ्य ब्राण्ड’ बर्दिबास–८हात्तिलेटका उद्योगी केदार बस्नेत, पशुपतिनगरमा स्थानीय राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी समाजसेवीह?को उपस्थित रहेको थियो । बालउद्यान निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

दशैं अगाबै बालउद्यानको निर्माण काम सम्पन्न हुने बताइएको छ । लकडाउने आर्थिक गतिविधी ठप्प रहेको बेला जनसहयोगी युवा सञ्जाल बर्दिबासले मुठ्ठीदान अभियना संचालन गरेर बालउद्यान निर्माण कार्य सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...