कपिलवस्तु नगरपालिका कार्यरत शाखा अधिकृत बाग्लेको बिदाई

  • भदौ ३०, २०७७
  • १०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पाण्डे कपिलवस्तु  ३० भदौ कपिलवस्तु नगरपालिकामा कार्यरत नासुबाट बढुवा भई शाखा अधिकृत बने पछि सरुवा भएका बिजयराज बाग्लेको तौलिहवामा बिदाई गरिएको छ । सरुवा भई धादिङको त्रिपुरा सुन्दरी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जना लागेका बाग्लेको कपिलवस्तु नगरपालिकाले खादा, फुलमाला र मायाको चिनो दिएर बिदाई गरेका हो । ्तत्कालीन शिक्षा कार्यालय र कृषि कार्यालय र कपिलस्तु नगरपालिका गरी बाग्लेले २ दशक कपिलस्तुमा सेवा गरेका छन । कपिलवस्तु नगरपालिकामा २०७४ चैतमा आएका थिए । नगरपालिकाका मेयर किरण सिंहले कर्मचारीकारुपका वाग्लले राम्रो काम गरको बताए । उनले कामका दौरान बाग्लेबाट सधै नै सहयोग पाएको बताए । यस्तै सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले मिलनसार सहयोगी बाग्ले आफनो जिम्मेवारी कुशलतापुर्वक गर्ने गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपादिलका वडा नम्बर ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठीले राम्रो काम गरेको भन्दै बाग्लेलाई पुरस्कार स्वरुप ब्यक्तिगतरुपमा नगद समेत दिएका थिए । सो अवसरमा बाग्लले कपिलवस्तुबाट आफुले धेर्रै माया पाएको बताए । उनले यहाबाट सिकेको कुरा लागु गर्ने बताए । नगरपालिकाका मेयर सिंहको अध्यक्षता, सामजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालन र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको मन्तब्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...