कपिलवस्तु नगरपालिका कार्यरत शाखा अधिकृत बाग्लेको बिदाई

  • भदौ ३०, २०७७
  • २५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पाण्डे कपिलवस्तु  ३० भदौ कपिलवस्तु नगरपालिकामा कार्यरत नासुबाट बढुवा भई शाखा अधिकृत बने पछि सरुवा भएका बिजयराज बाग्लेको तौलिहवामा बिदाई गरिएको छ । सरुवा भई धादिङको त्रिपुरा सुन्दरी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जना लागेका बाग्लेको कपिलवस्तु नगरपालिकाले खादा, फुलमाला र मायाको चिनो दिएर बिदाई गरेका हो । ्तत्कालीन शिक्षा कार्यालय र कृषि कार्यालय र कपिलस्तु नगरपालिका गरी बाग्लेले २ दशक कपिलस्तुमा सेवा गरेका छन । कपिलवस्तु नगरपालिकामा २०७४ चैतमा आएका थिए । नगरपालिकाका मेयर किरण सिंहले कर्मचारीकारुपका वाग्लले राम्रो काम गरको बताए । उनले कामका दौरान बाग्लेबाट सधै नै सहयोग पाएको बताए । यस्तै सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले मिलनसार सहयोगी बाग्ले आफनो जिम्मेवारी कुशलतापुर्वक गर्ने गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपादिलका वडा नम्बर ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठीले राम्रो काम गरेको भन्दै बाग्लेलाई पुरस्कार स्वरुप ब्यक्तिगतरुपमा नगद समेत दिएका थिए । सो अवसरमा बाग्लले कपिलवस्तुबाट आफुले धेर्रै माया पाएको बताए । उनले यहाबाट सिकेको कुरा लागु गर्ने बताए । नगरपालिकाका मेयर सिंहको अध्यक्षता, सामजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालन र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको मन्तब्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...