रौतहटमा जारी निषेधाज्ञा आंशिक रुपमा खुल्यो

  • भदौ ३०, २०७७
  • १३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव रौतहट – जिल्लामा जारी निषेधाज्ञा आंशिक रुपमा खुल्ला गरिएको छ । जिल्ला प्रशासन कायलर्य रौतहटले सुचना जारी गर्दै असोज १ गते देखी निषेधाज्ञा आंशिक रुपमा खुल्ला गरिएको जनाएको छ । क्याम्पस ,विद्यालय ,मठ, मन्दिर ,मस्जिद ,खेल मैदान ,जिम हल ,सिनेमा घर बन्द रहने छन भने भिडभाड ,मेला महोत्सव, जुलुस गर्न नपाईने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।असोज १ गते बाट जिल्ला भित्र सार्वजनिक यात्रुबाहक सवारी साधन चल्ले छन । सवै किसिमका पसलहरु, बैक बितिय सस्था, सरकारी कार्यालयहरु खुल्ला हुने रौतहटका सिडियो इन्द्रदेव यादवले जानकारी दिनुभयो । जिल्ला प्रशासन कायलर्यबाट हुने सेबा प्रबाहहरु टोकन प्रणालीको आधारमा संचालन हुने बताईएको छ । हरेक दिन १० देखी ४ बजे सम्म स्थानीय तह अनुसार बार तोकेर सेबा दिइने प्रमुख जिल्ला यादवले जानकारी दिनिुभयो । कार्यलयमा सेवा दिदा लिदा , पसलहरुमा , सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । खालि भए रौतहटका क्वारेनटाइन रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा संचालन गरिएको क्वारेनटाइन खालि भएको छ ।जिल्लाको १८ वटा स्थानिय तहमा १ सय ३० वटा क्वारेन्टाइन सञ्चालनमा थिए । चैत ११ देखि हालसम्म १३ हजार ३ सय ७ जना क्वारेन्टाइनमा मानिसहरु बसेका थिए । कुनै समय हजारौँ मानिसले भरिभराउ भएका क्वारेन्टाइन अहिले रित्तिएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो साता घर फर्केका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेसँगै उनीहरुको व्यवस्थापनमा पनि स्थानिय तह र प्रशासनलाई ठुलो चुनौति बनेको थियो । एकैसाथ धेरै मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्दा खाना, बस्न, शौचालय लगायत विभिन्न समस्याहरु सृजना भएका थिए । स्थानिय पालिकाहरुले आफ्नो पालिकाहरुमा रहेका अधिकासं विद्यालय र मदरसाहरुलाई क्वारेन्टाइन बनाएर मानिसहरु राखेका थिए । तर अहिले जिल्लाभर क्वारेन्टाइनमा एक जना पनि नभएको जिल्ला प्रशासनको तथ्याङ्कले देखाएको छ । बस्ने व्यक्ति नै नभएपछि अधिकांश क्वारेन्टाइन बन्दसमेत गरिएका छन् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संक्रमितको उपचारका लागि जिल्लाभर ४ सय १९ बेड क्षमताका आइसोलेसन सञ्चालनमा छन् । अहिले सक्रिय संक्रमितहरू मात्र आइसोलेसनमा बसेको उँहाले बताउनुभयो । उहाँले कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु, बाहिरी मुलुकबाट जिल्लामा आएकाहरु, लक्षण देखिएकाहरु पनि नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै क्वारेन्टाइनमा बस्न रुचाएकाले संस्थागत क्वारेन्टाइन खाली भएको बताउनुभयो । सुरुमा भारतबाट घर फर्केर क्वारेन्टाइन बसेकामा मात्र संक्रमण देखिएको थियो । अहिले समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएको छ । हाल स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत गरी १ सय ९३ जना आइसोलेसनमा छन् । जिल्लामा अहिलेसम्म १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । १ हजार ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको छ ।
 
 
 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...