जनकपुरको मन्दिर ,पोखरीहरुको संरक्षण र पहिचान गर्न सक्यो भने ग्रीन जनकपुरको सपना सकार हुन्छ

  • भदौ २८, २०७७
  • ३४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्रकुमार मधेशानन्द २८ भदौ,जनकपुर ।हामी मात्र जनकपुरको मन्दिर र पोखरिहरु को पहिचान र संरक्षण गर्न सक्यौ र सो को ऐतिहासिक महत्व लाई दुनिया समक्ष राख्न सक्यो भने, र पोखरी का डील लाई सौन्द्रियेकारण गर्न सक्यौ भने ग्रीन जनकपुर को सपना साकार गर्न सक्छौ | यसका लागी जनकपुरको युबाहरु एकजुट भई पोखरी को डील मा रहेको अनाधिकृत संरचनाहरु भत्काइनु पर्छ र मन्दिर र पोखरी को जग्गा जसरी भये पनि त्यसमाथि भएको कब्ज़ा बाट मुक्त गराउन सके जनकपुरको अहिलेको ब्यापार लाई दोब्बर गर्न सकिन्छ l received_621145712124061 अरबिंद केजरीबाल को कार्यले दिल्ली अहिले संसारकै 10 सुन्दर र ब्यबस्थित सिटी भित्र पर्न गएको छ भने जनकपुरलाई गर्ने न सकने कुरै होइन ! हाम्रो ईमानदार संकल्प हुनु पर्छ | हामीले कोरोना बाट पनि शिक्षा लिनु पर्छ की हाम्रो न लाइफ को ठेकान छ न रिलेशन को | आफ्नो छोरा छोरी, मात्र हैन पत्नी पनि कोरोना भये पछी नजिक आउदैन, खाना दिन आउदैन, कस्तो छ भनेर कोही जिज्ञासा पनि गर्न आउदैन भने हामी कस्को लागी यति अपराध, भ्रस्टाचार गरी जग्गा, जमीन, धन थुपार्छौ र किन ? के को मरी हत्ते, किन यति माया र के का लागी ? आखिर कोरोना जति हाम्रा लागी घातक भये पनि हाम्रो जीवनको लागी त राम्रै शिक्षा लिएर आएको छ ! एक बर्ष पुर्ब जानकी मन्दिर को परखाल तोड़ी जग्गा मीचेर सडक जनकपुरधाम उपमहानगरपालिका को मेयर कै निर्देशनमा मा बनइयो र ठूलै आर्थिक लेनदेन गरी निजी जग्गाबालाहरुको जग्गा बचाइयो यो आम जनकपुर बासिको गुनासो मात्र हैन आरोप नै हो, सुन्न पाइन्छ | जुन बेला जानकी मन्दिर फुलबारिको जग्गा मीचियो त्यही बेला देखि यसको बिरोध पनि हुदै आएको थियो र अनंततः आज नगरपालिका द्वारा जग्गा मीची बनाइएको पर्खाल फेरी डोजर लगाई भत्काइएको छ र फुलबारिको अतिक्रमित जग्गा फिरता भई साबिक बमोजिम को पुरानै ठाउमा पर्खाल लगाइने भएको बाट आज फेरी सम्पुर्ण जनकपुर बासी खुसी भएको छ | एक बर्ष देखि लामो लड़ाई लड्दै आएका यहका नागरिक समाजका अगुवाहरू, युबाहरु, केही युबा जनप्रतिनिधिहरु, अहिलेको जिल्ला प्रशासन प्रमुखज्यू र पत्रकारहरु निसच्यनै धन्यवाद को पात्रहरू हुन !

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...