परोहा नगरपालिकामा आसमान नेपाल संस्थाले खाद्यान्न सामग्री गरे वितरण

  • भदौ २८, २०७७
  • ३११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

भदौ २८ मेवालाल यादव-_रौतहट । रौतहटको परोहा नगरपालिकामा आसमान नेपाल संस्थाले कोरोना पोजेटिभको मारमा परेका,गरीव,विपन्न परिवारलाइ राहत सामग्री वितरण गरेका छन । नगरपालिकाका ५ देखि ८ वटै वड़ामा,गरीव,दलित , हिन्दू मुस्लिम लगायतका समुदायका कोरोना पोजेटिभको मारमा परेको ४०० मध्य १४८ घरधुरीलाई आज खाद्यान्न सामग्री राहत वितरण गरेको छ ।
कोभीड़ १९ को रोकथाम ,नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाइ मध्यनजर गर्दै राहत उपलब्ध गराइएको छ । कोरोना भाइरसको संक्रमणबाट बाच्नको लागि अपनाउने उपाए बारे जनचेतना फैलाउने कार्य प्रचार प्रसार परोहा नगरपालिकाको १ देखि ९ सम्मका वडामा जारी रहेको सामुदायिक परिचालक राकेश कुमार पंडित , इन्दु राम, छोटेलाल ,नुरेनाजले साबुन वितरण गरेको बताए ।
ठाउ ठाउमा हाथ धुनको लागि असमान नेपालले बेवास्ता गरेको पानीको व्यवस्था समेत गरेको उल्लेख गरे ।परोहा नगरपालिका भित्र सरसफाईको विशेष ध्यान दिइएको जिकिर गरे । उहाले भने व्यक्तिगत सरसफाई र सामाजिक दुरी कायम गरे मात्र संक्रमणबाट जोगिन सक्ने छन । सार्वजानिक ठाउहरुमा भीड़भाड़ न गरिदिन समेत असमान नेपालका फिल्ड इन्चार्जले आग्रह गरे ।करोना पोजेटिभ बाट जुधेकोहरुले लकडाउन भएपछि आर्थिक संकट उत्पन्न भएको बताएका छन ।
छाक टार्न गार्हो भयो पीड़ितहरुले भने ,असमान नेपालले ढिलो भएपनि ज्यान जोगाउने कार्य गर्यो ।वित्तीय समानीकरणको रकम रकामान्तरण गरेर राहत सामग्री वितरण गर्ने कार्य शुरू गरिएको छ ।चावल ३० किलो , दाल ३ किलो , चिनी २ किलो , खानतेल २ लीटर , आयोनुन २ किलो डिटोल साबुन ४ पिसको राहत पैकेज बनाएर कोरोना पोजेटिभमा जुढेकोलाई पुर्याइएको परियोजना संयोजक सज्जन योगेश र डोनरको तर्फ आउनु भएको दिपेन्द्र चौधरीले जनाएको छ । यस राहत वितरणमा सामुदायिक परिचालक राकेश कुमार पंडित र परोहा नगरपालिका वाडा अध्यक्ष खेदु मुखिया , रघुनाथ प्र. शाह र जनप्रतिनिधि लगायत भलभला आदमिको उपस्थिति रहेको थियोे ।
 

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...