कोरोना महामारीको कारण देशमा बन्दाबन्दिले अस्वभाविक कालोबजारी र बस्तुको मुल्यमा वृद्धि

  • भदौ २७, २०७७
  • १५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ । पछिल्लो समय कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि उपत्यकालगायत मुलुकभर बन्दाबन्दीको अवस्था रहेको छ । यसबाट अपराधिक क्रियाकलापहरुमा बढोत्तरी भएको छ भने खाद्य सामाग्रीलगायत अत्यावश्यक बस्तुहरुको छिटफुट कालाबजारी र अस्वाभाविक रुपमा मूल्यबृद्धि हुन थालेको छ । यसबीच आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले ‘उपत्यकाको शान्ति सुरक्षा र बजार अनुगमनको अवस्था’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका सचिव एकनारायण अर्यालले कोरोना भाइरसका कारण अबको दिनहरु च्यालेन्जिङ्ग रहेको बताउनुभयो । कोभिड–१९ का कारण अब बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुने लगायतका क्राइसिसहरु आउन सक्ने भन्दै तीनै तहका सरकारले जनतालाई प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले जनतामाझ रिजल्ट देखाउनुपर्ने बताउनुभयो । निजी क्षेत्रबाट जनता मारमा पर्न सक्ने अवस्था आएमा त्यस्ता ठाउँमा सरकारको उपस्थिति समेत रहनुपर्नेमा उहाँको भनाई थियो । कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दशैं, तिहार, छठ पर्वलगायतका चाडपर्व नजिकिँदै गर्दा अनुगमनका कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय कोभिड–१९ र बन्दाबन्दीका कारण जनता कालाबजारी, कृत्रिम अभाव, असुरक्षालगायतका समस्याहरु भोग्नुपर्ने अवस्थालाई ध्यानकेन्द्रित गर्दै अनुगमनका कार्यलाई व्यवस्थित गरिएको बताउनुभयो । प्रमुख दाहालले लकडाउन र निषेधाज्ञाको समयमा ४० ट्रक चकलेट म्याद नाघेको चकलेट बरामद गरेको, २० लाख माक्र्स नियन्त्रणमा लिन सफल भएको, थर्मल गनको काला बजारी गर्नेलाई कारबाही गरिएको जानकारी गराउनुभयो । उहाँले जनता संकटमा पर्दा काठमाडौ जिल्ला प्रशासन कार्यालयले उपभोक्ता हित संरक्षण र शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै सफलता हाँसिल गरेको भन्दै आफूँहरु सर्वसाधारणले अनुभूति हुने गरी अनुगमनका कार्यहरुलाई तिव्रता दिइको भन्दै उपत्यकाको सुरक्षा चुस्त दुरुस्त रहेको दाबी गर्नुभयो । ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यतिबेला सामान्यभन्दा फरक अवस्थामा रहेको भन्दै बजार अनुगमन चुनौतीपूर्ण रहेको बताउनुभयो । पछिल्लो समय कोभिड १९ का कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा आम सर्वसाधारणलाई अप्ठ्यारो पार्ने गरी अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव, कालाबजारी गर्ने, म्याद सकिएका सामाग्रीहरुको विक्रि वितरण भईरहेको भन्दै जनतालाई दुःख पु¥याउने गतिविधि भईरहेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि सबैसँग समन्वय गरी बजार अनुगमन गरिरहेका बताउनुभयो । भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ र बन्दाबन्दीका कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा बजार अनुगमनका कार्यलाई तिव्रता दिएको बताउनुभयो । भक्तपुर जिल्लामा ४ वटै स्थानीय निकायहरुसँग सहकार्य गरी जिल्ला प्रशासन कार्यालयले भक्तपुरले सेनिटाइजर र माक्र्समा कालाबजारी गरे तत्काल कानुनी कारबाही गर्ने बताउनुभयो । जिल्लाभित्रका होटलहरुमा हुने अनैतिक कार्य, बालुवा तस्करीलगायतका अपराध नियन्त्रणमा जोड दिँदै आएको बताउनुभयो । कोभिड १९ ले निम्त्याएको अप्ठ्यारो परिस्थितिमा उपभोक्ता ठगी गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने र गुनासो आउँदा तत्काल सम्बोधन गर्ने दाबी गर्नुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले साउन र भाद्र महिनामा ३४२ फर्महरुमा अनुमगन गरेको जानकारी गराउनुभयो । बजार अनुमगनमा जाने प्रतिनिधिहरुका विषयमा समेत प्रश्न उठ्न थालेपछि विभागले बजार अनुगमनमा जाने मानिसहरुका लागि आचारसंहिता र कार्यविधिको व्यवस्था गरेको बताउनुभयो । कोभिड १९ का कारण लकडाउन र निषेधाज्ञा हुँदा डेट एक्सपायरको सामानहरु बजारमा बढ्न थालेको बताउनुभयो । त्यसैगरी उपत्यका अपराध महाशाखा प्रमुख दिपक थापाले लकडाउन र निषेधाज्ञामा विभिन्न हिंसात्मक घटनाहरुमा बढोत्तरी भएको बताउनुभयो । यसबीचमा ४ वटा हत्याका घटना घटेको जानकारी गराउँदै नक्कली सेनिटाइजर र माक्र्सको विक्रि वितरण बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालबाट ठगी बढेको प्रति इंगित गर्दै उहाँले भन्नुभयो–‘अनलाइनमा डाक्टर हो भनेर अफवाह फैल्याएर ठगी गर्ने, प्रलोभन देखाएर ठगी गर्ने लगायतका घटनाहरु बढिरहको छ ।’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले कोभिड–१९ को संक्रमणले सबै क्षेत्रलाई गाँजिरहेको बेला कालाबजारी लगायतका गलत गतिविधिमा लाग्नेहरुलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । ट्राफिक प्रहरीले आफूँ कोभिडको संक्रमणबाट बच्दै ट्राफिक व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठमाडौ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, राजधानी दैनिकका सम्पादक सागर पण्डित, महानगरको सुरक्षा प्रमुख धनपति सापकोटा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कित हुनुभएका काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई सञ्चार केन्द्र नेपालको तर्फबाट खादा र रुद्राक्षको माला लगाएर सचिव अर्यालले बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा वल्र्ड लिंक कम्युनिकेशले उपलब्ध गराएको १ हजार माक्सलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको सामाग्री नेपाल सरकारका सचिव र प्रमुख जिल्ला अधिकारीहरुलाई हस्तान्तरण गरेपछि तत्काल सो स्वास्थ्य सामाग्री सञ्चारकर्मीहरुलाई उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...