सुकुम्बासी आयोगका सदस्यद्वारा नै अर्बौंको जग्गा कब्जा, अहिले मारुतीको रजाइँ

  • भदौ २३, २०७७
  • ५२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स, सिरहा । मारुती सिमेन्ट उद्योगको कब्जामा हाल रहेको ३ बिघाबढी सार्वजनिक जग्गा सुकुम्बासी आयोगकै सदस्यले निजीकरण गरेको पाइएको छ । सुकुम्बासी समस्या समाधान आयोगका सदस्य देवकुमार तामाङले अर्बौंको जग्गा आफन्तकै नाममा गराएको पाइएको हो । जग्गा नभएका व्यक्तिलाई व्यवस्थापन गर्ने उद्देश्यले २०५८ सालमा सुकुम्बासी आयोग गठन भएको थियो । तर, आयोगका सदस्य नै रहेका धनाढ्य व्यक्ति तामाङले पत्नी, छोरादेखि आफन्तसम्मको नाममा अर्बौंको जग्गा गराएर हड्पेको देखिएको छ । चन्द्रउदयपुर ८ (क) को साबिक कित्ता नम्बर २००, २०२ र २०५ को झण्डै करिब साढे तीन बिघा जति जग्गा उनले पदको दुरुपयोग गर्दै कब्जा गरेका हुन् । हाल १२ वटा कित्तामा कायम रहेको उक्त जग्गामध्ये केहि जग्गा गोलबजार नगरपालिकामा पर्छ भने केहि जग्गा नरहा गाउँपालिकामा पर्छ । सो जग्गा हाल मारुती सिमेन्ट उद्योगका सञ्चालक मनोज गोयल र अनुज राँठीको नाममा छ । वनको सार्वजनिक जग्गा भएको थाहा हुँदहुँदै पनि तामाङसँग उनीहरुले सस्तो दरमा खरिद गरि जग्गामा रजाइँ गरेको स्थानीय बताउँछन् । सार्वजनिक जग्गा निजीकरण गरेको चर्चा स्थानीयमा चलेपछि फस्ने डरले तामाङले मारुती सिमेन्टका सञ्चालकसँग उक्त जग्गा बेचेको स्थानीयको भनाई छ । आर्थिक चलखेल र शक्तिको आडमा मापदण्ड र प्रावधान विपरीत उद्योग सञ्चालन गर्दै आएको मारुती सिमेन्टका सञ्चालकद्वयले आफूहरुलाई कसैले केहि गर्न नसक्ने र जग्गा आफूहरुलाई दिएपछि बच्ने कुरा तामाङलाई भनेर जग्गा खरिद गरेको स्थानीयको दावी छ । मारुतीले हाल रजाइँ गरिरहेको वनको सार्वजनिक जग्गा सम्बन्धमा स्थानीयले पटकपटक आवाज उठाइरहेका छन् । तर, कतैबाट चाँसो लिइएको र पहल भएको देखिँदैन । मारुती सिमेन्ट उद्यागले मनमौजी तरिकाले आसपासका जग्गा अतिक्रमण र वरपरको पर्यावरणमा क्षति पुर्याउन थालेपछि स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । स्थानीय अगुवाहरुले मारुती सिमेन्टविरुद्ध संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...