दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका ३ सय ४१ घरपरिवारलाई राहत सामग्री वितरण

  • भदौ २१, २०७७
  • २१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा (भगवानीपुर ) २१ भदौ । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका–१पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर –३ महेशपुर पतारी हरिनगरका ३ सय ४१ अति विपप्न घर परिवारका लागि राहत सामग्री वितरण गरेका छन् । । “कृषि बधुवा मजदुर हरबा चरबा तथा कोदर्वा न्यूनिकरण कार्यक्रम अन्तर्गत” भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाको अगुवाई तथा फ्रिडम फण्डको आर्थिक सहयोगमा लक्ष्मीपुर पतारी गाँउपालिका –१ पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर –३ महेशपुर पतारी हरिनगरका ३ सय ४१ अति विपन्न घर परिवारका लागि राहत सामग्री वितरण गरेका हो । भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाकोे कार्यक्रम संयोजक कपलेश्वर साहको अगुवाई तथा भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाका अध्यक्ष दिपेश कुमार चौधरी, महासचिव जसकरण साह, केन्द्रका कोषाअध्यक्ष संगिता कुमारी चौधरी,सचिव राम बहादुर चौधरी, इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी हवल्दार असोक कुमार मण्डल, प्रहरी जवान चाम बहादुर सुनार तथा संचारकर्मी रोहित कुमार मण्डल, भवानीका ज्ञानदिप चौधरी, लेखा प्रमुख बह्रम नारायण चौधरी तथा विभिन्न राजतिक दलका प्रतिनिधिहरुको रोहबरमा राहत वितरण गरिएको राहत वितरण कार्यमा सहभागि भवानी एकिकृत विकास केन्द्रका हेमशंकर साहले जानकारी दिए । लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका अति विपन्न घर परिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला भवानी एकिकृत विकास केन्द्राले राहत सामग्री स्वरुप चामल १० केजी., एक केजी नुन, स्वाबिन १ केजी ,सर्जिकल मास्क १ थान लगायतका सामग्री वितरण गरेको हो । राहत पाएपछि लक्ष्मीपुर पतारी गाँउपालिका –१ पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर– ३ महेशपुर पतारी हरिनगर पतारीका ३ सय ४१ घरपरिवार खुशिले गदगद भएका छन् । news

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...