सार्वजनिक जग्गाको संरक्षण गर्दै गापा अध्यक्ष यादवले, बिबाह मण्डप निर्माणको लागि ७ लाख दिने प्रतिबद्धता

  • भदौ २०, २०७७
  • १२७१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

 राम पुकार यादव २०,भदौ,सिरहा । बिगत केही दिन देखी सार्वजनिक जग्गा सम्बन्धि हुँदै आएको विवाद शुक्रबार १९ गते टुंगो लागेको छ। सिरहाको बिष्णुपुर गाउँपालिका वडा न २ रामजानकी कुटिको सार्वजनिक जग्गामा आफ्नो ब्यक्तिगत जग्गा रहेको दाबी गर्दै आएको सोही ठाउँको बिष्णुदेब यादवको माँग दाबी खारेज गरेको अदालतको ठहर सगैं समाजिक छलफल बाट निष्कर्षमा पुगि समस्याको समाधान गरेको हो।20200904_095547 सार्वजनिक जग्गाको संरक्षण गर्न अग्रसर हुँदै बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवले सो जग्गा छुट्याउन समाजले गरेको दरो संघर्षलाई सत्यको खम्बा सम्झिदै बिधिबत मापण गराइ समस्या सुल्झाएका थिए।उता बिष्णुदेब यादवले ल्याएको बक्तिगत अमिन र गाउँपालिका र समाजको तर्फबाट गाउँपालिकामा कार्यरत अमिन बिनोद महतोले जग्गा नापमा सहजीकरण गरेका थिए ।20200904_112134 यो सँगै बिष्णुपुर गाउँपालिका वडा न २ भित्रै प्रदेश २ कै प्रथम ठुलो योग भबनको समस्या पनि गाउँपालिका अध्यक्ष यादवको प्रतिनिधित्वमा समाजिक छलफल गरि समाधान गरेको हो। प्रदेश २ कै सब भन्दा ठूलो योग भवनको पश्चिम पटिको डिल मिचेको सम्बन्धमा गाउँपालिकामा जय नन्दन यादव माथी निवेदन परेको थियो। शनिबार २० गते समाजिक छलफल बाट समस्यालाई छिनो गरेको वडा अध्यक्ष राम ईश्वर यादवले बताए । छलफलमा बिष्णुपुर गाउँपालिकाको विभिन्न ठाउँमा मुछिएका सार्वजनिक जग्गा पालो पालो गरि संरक्षण गरिदै जाने गापा अध्यक्ष यादवले बताए। समाजका केही प्रतिनिधिहरुले राजपुर स्थित रामजानकी कुटिको समस्या चाँडो निराकरण गर्नुपर्ने आग्रह गरेका थिए भन्ने बिदालय भित्र रहेको जग्गा विवाद सुल्झिनु पर्ने माँग राखेका थिए।उता जागेश्वर यादवले भने सार्वजनिक जग्गाको संरक्षण गर्ने उतरदायित्व बाट आफू अलिकति पनि नचुक्ने भन्दै हाल द यश गापा भित्र देखिएको सार्वजनिक जग्गा बिवाद एक एक गरि सम्पुर्णलाई समाधान गर्ने बिचार व्यक्त गरे। उहाँले बिरताटोल महेन्द्र यादवको घर देखि राजपुर माबी सम्मको सडक नक्सा अनुसार फराकिलो पार्ने जनाए।  गाउँपालिका भित्र जम्मा १६ वटा रामजानकी कुटि धर्म स्थानहरू मध्ये पर्यटकीय बागको रुपमा रहेको मानबिय मनोकामना पूरा हुने शक्तिशाली इश्वरिय शक्ति झल्किने खाँकी बाबा सहितको यश रामजानकी कुटिमा मण्डप निर्माणको लागि गाउँपालिका बाट सात लाख दिने गापा अध्यक्ष जागेश्वर यादवले प्रतिबद्धता गरेका हुन। अध्यक्ष यादवले सार्वजनिक जग्गा छुटयाउदै यहाँ को समाज र संस्कृतिलाई उजागर गर्न मण्डप निर्माणको लागि सात लाख दिने प्रतिबद्धता गरेको हो।20200902_181018 आफ्नो इक्षा शक्तिले संयौ वर्ष पहिला समाधी समाहित खाँकी बाबाको मन्दिर हाल पर्यटकीय बागको विशेष चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...