सिरहामा मोटर साइकल दुर्घटना बाट दुइको मृत्यु

  • भदौ १७, २०७७
  • ७२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । चोहर्वा सडकखण्डअन्तर्गत सिराहा नगरपालिका– ११ भलुवाहीनजिकै मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । चोहर्वाबाट सिराहा आउँदै गरेको स.४प ४६१० मोटरसाइकल बुधबार साँझ चोहर्वातर्फ जाँदै गरेको स.४प ७९२१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । स.४प ७९२१ नम्बरका मोटरसाइकलचालक सिराहा धनगढीमाई नगरपालिका– १० का ५१ वर्षीय दीपककुमार पञ्जियारको उपचारको क्रममा सिराहा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स.४प ४६१० नम्बरको मोटरसाइकलचालक सिराहा नगरपालिका– ९ गुलरियाका ३५ वर्षीय सिल्टु ठाकुरकोे थप उपचारका लागि लहान लैजाँदै गर्दा बाटोेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । सोही मोटरसाइकलपछाडि बसेका सिराहा नगरपालिका– ९ गुलरियाका ३५ वर्षीय जितेन्द्र महरा भनिने शिवकुमार महरा गम्भीर घाइते भएका छन् । उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...