सिरहाको मिर्चैया नगरपालिका ६ मा कोरोना बाट एकको मृत्युु

  • भदौ १६, २०७७
  • ३१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको मिर्चैया नगरपालिका–६ मटिअर्वाका ५५ वर्षीय निजामती कर्मचारीको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ। मधुमेहका विरामीको उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि विराटनगर हुँदै धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। बिराट नर्सिङ होममा भर्ना गर्नुअघि भदौ ८ गत्ते पिसिआर परीक्षणका लागि लिइएको स्वाब परीक्षणको भदौ १० गत्ते आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए। रिपोर्ट पोजेटिभ आएपछि भदौ १० गते उनलाई थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। मधुमेह, उच्च रतmचाप, नेमोनिया, मृगौला लगायतका बिरामीको उपचारको क्रममा उनको सोमबार राती प्रतिष्ठानको आइसोलेसनमा मृत्यु स्वास्थ्य प्रमुख यादवले जानकारी दिए। मृतक मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी हुन। उनको शव ल्याउने तयारी भैरहेको मिर्चैया नगरपालिकाले जनाएको छ। शव मिर्चैयामै नेपाली सेनाले व्यवस्थापन गर्नेछन। यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या ८ पुगेको छ। साभार नागरिक

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...