सिरहामा ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

  • भदौ ११, २०७७
  • १६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । सिरहाको सुखिपुर नगरपालिकाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा आज साझ १९ः३० बजे मृत्यु भएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलका अनुसार मृतक गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले बताएको छ । उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो । मृतकको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको र शुक्रबार नेपाली सेनाको टोलीले सिरहा ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन् । यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्यामा समेत बृद्धी भएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...