पछिल्लो २४ घन्टामा ७४३ जनामा कोरोना संक्रमन पुष्टि

  • भदौ ८, २०७७
  • २२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ ८ भदौ ,पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्। हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ११ हजार २७५ रहेको जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १८ हजार ८०० पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो। सभार :थाहा अनलाइन 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...