मधेसी समुदायको युवाहरूको मार्गदर्शकको रुपमा उभिएको अनुहार

  • साउन २९, २०७७
  • १२६९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स ,बिष्णुपुर सिरहा। रौतहटको प्रमुख जिल्ला अधिकारीको रुपमा मधेशी समुदयाका ईन्द्रदेव यादवको आगमन संगै तराइ मधेसका युबाहरुमा खुसीयाली छाएको छ । नेपालको ईतिहासमा उच्च स्तरको पदहरुमा संधै पछाडि राखिएका मधेसी समुदायबाट प्रमुख जिल्ला अधिकारीको पदमा आएपछि आम मधेसी समुदाय खुशी भएको हो। वि.स. २०६३ सालको मधेश आन्दोलन पछि मधेशी समुदाय पुर्ण रुपले अधिकार सम्पन्न नभएतापनी केही रुपमा मधेसी नागरिकहरु पनि विभिन्न सरकारी सेवाको उच्च पदमा प्रवेश गरेको छ। प्रबेश गरे सङै मधेशी समुदायका युबाहरुमा उत्साह र मनोबल बढेको छ। यसै क्रममा नेपालको प्रदेश नं. २ को सिरहा जिल्ला निवासी ईन्द्रदेव यादव प्रमुख जिल्ला अधिकारीको रुपमा रौतहट जिल्लामा पदभार ग्रहण गरेपछि जिल्लावासी उत्साहीत बनेको हो । प्रजिअ ईन्द्रदेव यादव, जो नेपालको निजामीत सेवामा अवल र अग्रपंतीमा उभिएको चेहरा हो । मधेशी युवाहरुको मार्गदर्शकको रुपमा अगाडी रहेको ईन्द्रदेव यादव २०६२ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टको पदबाट सरकार सेवा शुरुआत गर्नु भएको हो । सिरहा जिल्लाको बरियार पट्टी गाउँपालिका कजरा झिजैल बस्ने ३९ वर्षिय ईन्द्रदेव यादव २०६९ सालमा नेपाल सरकारको निजामती सेवाको शाखा अधिकृत पदमा नेपाल टप गर्न सफल भई कडा मेहनत र लगनशिलताबाट वि.स. २०७७ सालमा सह—सचिव भई आज रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा गरिमामय पदभार ग्रहण गर्नु भएको हो । निकै नै सालिन, शान्त र सरल स्वभावका प्रजिअ यादव, रौतहट जिल्लामा उच्च सहाशका साथ समग्र जिल्लाको शान्ती सुरक्षा, सुशासन कायम गर्न प्रजिअ ईन्द्रदेव यादव पक्क सफल हुने स्थानियहरुको भनाई रहेको छ । सकारात्मक सोचका धनी रहेको प्रजिअ ईन्द्रदेव यादवलाई समग्र जिल्लाको शान्ती सुरक्षा, सुशासन कायम गर्न सवैको सहयोग आवश्यक रहेको बृद्धिजिवीहरुको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...