सिरहाको बिष्णुपुर गाउँपालिका पनि आज देखि लकडाउन

  • श्रावण २८, २०७७
  • १८२ पटक पढिएको
  • सतेन्द्र यादव
alt

सतेन्द्र यादव

बिष्णुपुर सिरहा श्रावण २८ । करोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको वेला बिष्णुपुर गाउँपालिका पनि आज देखि लकडाउन गरिएको छ ।

करोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिरहेको कारणले बिष्णुपुर गा.पा.ले संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि साउन २८ गते देखि लागु हुने गरी साउन ३२ राती १२ ः०० बजे सम्म लकडाउन गरिएको सूचना जारी गरिएका छन् ।

लकडाउन अबधिभरमा अती आवश्यक सेवा ऐम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी फोहर मैला ब्यवस्थापन जस्ता अती आवश्यक कार्य संचालन वाहेक अन्य सबै सेवा बन्द गरिएका छन् ।

साथै बिष्णुपुर गाउँपालिका अन्तर्गत हाटबजार,सभा समेलन व्यवसाय होटल, रेष्टुरेन्ट,निजि, सरकारी कार्यालय तथा बैंक वितिय संस्था लगायत निजि सवारी साधन समेत बन्द गर्न आग्रह गरिएका छन् ।
लकडाउन अभधिभर भिडभाड नगर्न र नगराउन, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना तथा सम्बन्धित कार्यालयमा कम आवतजावत गर्नका लागि गा.पा.ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...