चार महिने बच्चा सहित सिरहामा १५ जना कोरोना जितेर घर फर्के

  • साउन २४, २०७७
  • १४५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स ,श्रावण २४,सिरहा । सिरहाको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा उपचाररत भगवापुर गाउँपालिका २ की २३ वर्षीया सिमा झा संक्रमित भए पनि उनकाे चार महिने छोरी तन्नु झामा भने संक्रमण देखिएको थिएन । पिसिआर जाँचमा कोरोना संक्रमित भेटिएपछि झालाई चार महिने छोरीसहित आइसोलेसनमा राखिएको थियो । चार पटक पिसिआर जाँच गर्दा काेराेना भाइरस नेगेटिभ देखिएकाले झालाई शुक्रबार घर पठाइएको डा सुभाष चन्द्र मण्डलले बताए । आमालाई कोरोना संक्रमण देखिएपनि छोरी भने संक्रमित नभएको डा मण्डलले बताए । कोरोना संक्रमित भई उपचाररतमध्ये चन्द्र माध्यमिक विद्यालयको आइसोलेनवाट चार जना र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालबाट ११ जना गरी १५ जना घर फर्किएका हुन् । सिरहा नगरपालिका क्षेत्रका पाँच जना, भगवानपुर गाउँपालिकाका दुई, लहान नगरपालिका क्षेत्रका दुई, नरहा गाउँपालिकाका दुई, नवराजपुर गाउँपालिकाका दुई र सुखिपुर नगरपालिकाका एकजना रहेको डा. मण्डलले बताए । १४ जना आइसोलेसनमा उपचाररत एक जना चिकित्सक सहित १४ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा आठ जना र महेन्द्र गेनाईमा ६ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...