प्राविधिक त्रुटी नभई बाढी जन्य दैविक प्रकोपको कारणवाट नहरको १५ मीटरमा माटो खस्किदा लाईनिङ्ग भत्कियो

  • साउन १७, २०७७
  • ९५६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टााईम्स साउन १६ बिष्णुपुर सिरहा । सिरहा जिल्लाका किसानहरु र केहि राजनैतिक दलहरुले गरेको आग्रहको अधार विश्व महामारी कोभिड–१९ को कारण देश लकडनमा गुज्रिरहेकोले टेन्डर प्रकियामा जान नसकी बिष्णुपुर गाउँपालिाको मुलनहर कटनियामा भएको लाईनिङ्ग निर्माण प्राविधिक त्रुटी नभई बाढी जन्य दैविक प्रकोपको कारणवाट नहरको १५ मीटरमा माटो खस्किदा लाईनिङ्ग भत्किएको छ ।

कमला सिंचाइ व्यवस्थापन कार्यालय, पोर्ताहा धनुषा अन्तर्गत पुर्वि नहर प्रणालिमा लगभग ६००० हेक्टर जग्गा सिंचित हुनवाट वन्चित नहुनको लार्गि सिरहाका किसानहरुले कम्तिमा तोडेको भागमा आर. सि. सि. लाईनिङ्ग निर्माण गर दिन आग्रह गरेपछि उक्त आर. सि. सि. लाईनिङ्ग निर्माण कार्य गरेको थियो ।

कमला सिचाइ ब्यबस्थापन कर्यालय धनुषा पोर्ताहाले एक प्रतिवेदनमा उल्लेख गर्दै कोभिड–१९ को कारण आर. सि. सि. लाईनिङ्ग निर्माण आगामी साल गर्ने भनी प्रतिवद्धता गर्दा गर्दे पनि सिरहा जिल्लाका किसानहरु र केहि राजनैतिक दलहरुले यो काम यसै वर्ष जसरी पनि हुनैपर्छ, कम्तिमा तोडेको भागमा आर. सि. सि. लाईनिङ्ग निर्माण भएन भने लगभग ६००० हेक्टर जग्गा सिंचित हुनवाट वन्चित हुनेछन भनी कार्यालयमा र जिल्ला प्रशासन कार्यालयवाट समेत अनुरोध गरिएकोले जिल्ला प्रशासनमा २०७७।०३।०६ गते बैठक बसी आर. सि. सि. लाईनिङ्ग निर्माण गर्न भनेर मौखिक निर्णय भए अनुसार २०७७।०३।१२ बाट निर्माण कार्य शुरु गरी मिति २०७७।०३।२० मा सम्पन्न गरेको जनाएको छ ।

प्रतिवेदनमा मिति २०७७।०४।०३ गतेवाट परेको अविरल वर्षाको कारण मूल नहरको उतरी भेगको क्षेत्रमा जमेको वर्षाको पानी नहरमा खसाल्दा नहरको वहाव क्षमताभन्दा तिन गुणा वढी हुन गई एक्कासि राती कटनियामा वाँधको माथिवाट पानी वगेर वाँधको माटो काटी नहरको लाईनिङ्ग दायाँ भागमा करिव १५ मीटरमा माटो खस्किदा निर्माण भएका लाईनिङ्ग संरचना भत्किन पुगेको जनाएको छ ।

साथै कमला सिंचाइ पूर्वी नहर प्रणालीको विष्णुपुर गा.पा. वडा नं. १ मा पर्ने मूल नहरको चेनेज २१+४०० मा कटनियामा नहरको मुनिवाट पाईप साईफन क्रसिङ्ग रहेको, नहरको दुुवैपटी ईम्वैंकमेन्टको लेभेलवाट करीव ६ मी. गहिरो कटनिया नदी रहेको र नहर जमिनको लेभलभन्दा माथि फिलिङ्ग भागमा रहेको छ र हाम्रो पूर्वी मुल नहर पूर्व – पश्चिम दिशामा रहेकोले वर्षाको पानी उत्तर भागवाट दक्षिण क्रसिङ्ग गर्नको लागि ठाउँ ठाउँमा लोकल ड्रेन साईफन भएता पनि वर्षामा आएको वाढीको पानीको बहाव वढी भएकोले कटनियाभन्दा पश्चिम नै धेरैभन्दा धेरै ठाउँमा नहरको उत्तर भागको ईमवैंकमेन्टमा पानी ईन्लेट गर्नको लागि (ह्यूम पाईप) जडान भएको हुंदा आएको वाढीको पानी मूल नहरमा खसाल्ने गरेकोले कटनियादेखि मैनावतीसम्म हरेक वर्षको वर्षा याममा नहर तोडफोड हुने गरेको साईट प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसमध्ये कटनियाको अवस्था जटील भएकोले पक्की नहरको साथसाथै थप प्रोटेक्सनको काम र स्केप स्ट्रक्चर निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत जनाउको छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...