दलित बस्तीमा ईनार निर्माण भएपछि स्थानियवासीहरु हर्षित

  • साउन १५, २०७७
  • १७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रोहित मण्डल ,लहान, १५ साउन । सिरहाको लाहान नगरपालिका –२४ पक्की टोलमा मस जोडीको अगुवाईमा ईनार निर्माण गरिएको छ । जन श्रमदान र मस जोडी (महेश चौधरी र संगिता कर्माचार्य) को ब्यक्तिगत लगानीमा ईनार खनिएको स्थानीय कमल पासमानले जनाएको छ । महेश चौधरीको जन्मोत्सवको शुभ उपलक्ष्यमा उद्धघाटन गरिएको ईनारको पानीले करिब २५ घर दलित समुदाय लाभान्वित भएको स्थानीयवासी सोखिया सदाईले बताइन् । सुख्खा मौसममा पानीको हाहाकार हुने पक्की टोलमा मस जोडीको पानी खुवाउने अभियानबाट त्यहाँका जनसमुदाय अति नै हर्षित भएको एक संचारकर्मी धर्मेन्द्र पासवानले बताए । १ लाख ५० हजार लागतमा निर्माण गरिएको उक्त ईनारले पिउने पानीको साथ साथै सिचाईको लागि समेत उपयुक्त भएको स्थानीयवासी राजेन्द्र पासमानले बताए । ईनार खन्ने, लकडाउनमा राहत बाँडने, लत्ताकपडा बाडने, फलफूल बितरण गर्ने तथा गर्भवती महिलालाई पौष्टिक आहार वितरण कार्यले मस जोडीले विगत केहि महिना देखि जिल्लामा निकै चर्चा बटुलेका छन ।L

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...