त्रुटिहिन सबिधानका कारण किसानले सन्तोषजनक ब्याज अनुदान पाएन–मन्त्री बिजय यादव

  • साउन ७, २०७७
  • २७२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स साउन ७ सिरहा ।बिगत लामो देखि कोभिड–१९ लकडाउनले प्रभाबित प्रदेश २ को किसानहरुले त्रुटिहिन सबिधानका कारण सन्तोषजनक ब्याज अनुदान नपाएको आर्थिक मामिला मन्त्रि बिजय कुमार यादवले बताउनुभयो ।प्रदेश २ अन्तरगत रहेको सिरहा जिल्लाका किसानहरुले पाउनु पर्ने ब्याज अनुदान सम्बन्धित सहकारी तथा बैंकहरुको प्रतिनिधिहरुलाई मगंलबार सिरहाको एक कार्यक्रममा हस्तानान्तरण गर्दै मन्त्रि यादवले प्रदेश २ बाट मात्र सघिंय सरकारले ३३ प्रतिशत रकम असुल गरिरहेको अबस्थामा प्रदेश २ का किसानहरुले २ प्रतिशत अनुदान पाएपछि आपति जनाउँदै केन्द्रिय सरकार र नेपालि सबिधान लोकतन्त्रको मार्यदा बिपरित रहेको जनाउनुभयो । उहाँले नेपालि राजनितिको हरेक आन्दोलनहरु सँग आफु अनभिज्ञय नरहेको भन्दै अहिलेको प्रजातन्त्र र लोकतन्त्रको परिभाषा अर्थहिन रहेको तर्क गरे । उहाँले प्रजातन्त्रको अर्थ सामानता स्वतन्त्रता र बिभेद रहित समाजको निमार्ण हुनु हो तर यहाँ त्यो नरहेको बताए । उहाँले सबिधान नै बिभेदित रहेकोले स्वतन्त्र र समान ढङ्गले किसानहरुले अहिले पनि ब्याज अनुदान नपाएको बताए । साना ठुला बिभिन्न सहकारि संसथा तथा बैंकहरुलाइृ ब्याज अनुदानको चेक हस्तानान्तरण गरि कृषि बिकास बैंक सिरहा र साना किसान सहकारि संस्था लि बिष्णुपुरलाइ मोटो रकमको चेक हस्तानान्तरण गरेको थियो । लकडाउन कहरकै बेला ब्याज अनुदानको लागि सिरहाका १५ हजार ५ किसानले भरेको निबेदनमा २ हजार ५९ किसानले प्रथम चरणमा अनुदान पाएको र बाँकि किसानहरुलाई चरण बद्ध रुपले बितरण गरिने भेटिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिरहाकका प्रमुख सन्तोष कुमार सिँहले जनाए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...