सुखुवान्नकारकट्टी किसानलाई सहजता,४ करोड ९२ लाख लगानीमा पुल

  • असार २५, २०७७
  • ३७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम पुकार यादव÷२५ असार,बिष्णुपुर सिरहा । बिगतका दिनहरुमा आवतजाबतकै कारन खेतिपाति गर्न असहज महशुस गरेको सिरहाको सुखुवान्नकारकट्टी गाउँपालिका वडा १ स्थित कटनियामा ,४ करोड ९२ लाख लगानीमा पुलनिर्माण गरेको छ ।

पहिला मान्छे एक्लै जान समेत डर लाग्ने गरेको सो ठाउँमा किसानको जग्गा धेरै नै कटनीया नदिले कटान गरेको बालुवा नै बालुवा टापु रहेको सो ठाउँमा किसानलाई सहजताको लागि ठोस योजना अन्तरगत पुल निमार्ण कार्य समपन्न गरेको गाउँपालिका अध्यक्ष केदार यादवले बताए ।kedar 1

सदियौ देखि कटनिया नदिले गर्दा सो गाउँका स्थानियहरु गन्तब्य सम्म पुग्न सास्ती भोग्नु परेको थियो । पुल निर्माण कार्य सम्पन्न भएपछी स्थानियहरुले एक ठाउँवाट अर्को ठाउँमा जान सहज भएको अध्यक्ष यादवले बताए आ।ब। २०७४÷०७५ को अन्तिम तिर सम्झौता भएको सो योजनाको काम आ।ब। २०७५ ÷०७६ देखी संचालन भएको अध्यक्ष यादबले बताए ।

सम्झौता भएको निर्धारित समयमै योजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको उनले दाबी गरे । गाउँपालिकाको सम्पुर्ण लगानीमा २५ मिटर लम्बाई र ७।२ मिटर चौडाई पुल निर्माण गर्न अजय बामती जेबी कन्ट्रक्शनले ठेक्का लिएको थियो । ठेक्का कम्पनी संग चालु आ।ब।को आसार २५ गते भित्र सम्झौता सम्पन्न गर्ने समय निर्धारण गरेको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राजिब झाले बताएका छन ।

पुल निर्माणको ५ प्रतिशत काम गर्न मात्र बाँकी रहेकोले ठेकेदारले जोरतोर रुपमा काम आगाडी बढाईरहेको भन्दै अध्यक्ष यादबले भने – अहिले बर्षाको समयमा सो रोडमा आम नागरिकलाई आबत जाबत गर्न कठीनाई भैरहेको छ , छिट्टै नै त्यो समस्या दिर्घकालिन रुपमा सामाधान हुनेछ ।’ हामी पहल गरिरहेका छै ।’ गाउँपालिका बासीलाई नआत्तिन उनले उनले आग्रह गरे । एक आ।ब। मा संचालन हुने बिकासीय बजेटको करिब ५० प्रतिशत रकम सो पुल निर्माणका लागी लगानी गरेको गाउँपालिका अध्यक्ष यादबले बताएका छन ।ke

उहाँलेवडा न ५ मा नमुना सडक १ किमि, सोहि वडामा स्वास्थय सहजताको लागि प्रसुतिहरुको हकमा बर्थिङ्ग सेन्टर, वडा ४ मा आरसिसि ढलान कार्य र २ कि.मि कालो पत्रे गरि बिकासनिर्माणको कार्यमा तादरुकताको साथ जुटेको बताए ।kedar sakhuwa पुल निर्माण भएपछी बथनाहा, बेतहा, मौवाही, महेशवारी, दिनाजपुर, मोतिपुर, मल्हनमा सितापुर , नबराजपुर गरी एक दर्जन भन्दा बढी गाउँका मानिसहरुलाई सुबिधा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...