शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाहरुको उद्धार

  • असार २०, २०७७
  • २८९ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

अजय मिश्र,

कपिलवस्तु, अषाढ २० भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिला हरू गरि छ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको छ ।

२०७६ साल फाल्गुन २९ गते कुवेत र इरान विदेश पठाउछु भन्ने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारत दिल्लीको कुरारी जोरदा भन्ने ठांउमा राखदै आएका थिए ।त्यहीँ ठाउका स्थानीय हरुले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुर्न:स्थाना गृहका क्षेत्रीय संयोजक भुमि राज भट्टराई लाई सम्पर्क गरेर स्थित बारे जानकारी गराएका थिए।

भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाको अध्यक्ष बाबु रोका मगर को सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि आज कृष्णनगर भन्सार नाका हुदै शान्ति पुर्नस्थाना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल को सहयोगमा नेपाल ल्याइएको छ ।भारतको दिल्लीबाट उद्धार गरिएका महिलाहरु लाई शान्ति पुर्नस्थाना गृह मार्फत मानव वेचविखन को केन्द्रीय व्यूरो मा थप अनुसंधान को लागी पठाउने तयारी भइरहेको कुरा शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थी ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...