खेलकुदको विकासमा टेवा पुग्ने : प्रदेश साँसद यादव

  • असार १७, २०७७
  • ६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, असार १७ गते । सिरहा नगरक्षेत्रका खेलाडीलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिएको छ ।सिरहा क्षेत्र नम्बर ३ ख का सांसद एवं नेकपा जिल्ला सचिव प्रमोद कुमार यादवको संसदीय कोषको रकमवाट खेलकुद सामग्री वितरण सुरु भएको हो । साँसद यादवको संसदीय कोषवाट सिरहा नगरपालिका क्षेत्रका २२ वटा वडालाई लक्षित गरी वुधवारदेखि खेलकुद सामग्री वितरण सुरु गरेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताए ।

प्रदेश साँसद यादवको संसदीय कोषको ९ लाख ५० हजारको लागतमा २२ वटा वडामा फुटबल र क्रिकेट खेललाई प्रोत्साहन हुनेगरी सामग्री वितरण गरिएको अध्यक्ष यादवले बताए । सिरहामा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर १, २, ७, ८, ९ र ११ का कल्व र खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो । वडा नम्बर १ र ७ मा क्रिकेट खेलको लागि खेलाडीलाई जर्सी र टिमलाई विकेट ६ थान, ब्याट २ थान, हेलमेट १ थान, प्याड १ थान, ऐरी १ थान, टेनिस बल १÷१ वटा वितरण गरिएको अध्यक्ष यादवले बताए ।

यस्तै फुटबल खेलका सामग्री वडा नम्बर २, ८, ९ र ११ का खेलाडीलाई जर्सी, बुट, हज र टिमलाई २ थान फुटबल दिईएको छ ।खेल सामग्री वितरण गर्दै प्रदेश साँसद यादवले खेलकुदको विकासमा टेवा पुग्ने बताए । आफूपनि खेलकुद क्षेत्रप्रति लगाब राखेकोले युवाहरुलाई खेलप्रति प्रोत्साहन गर्न खेलकुद सामग्री वितरण गर्न सहयोग गर्न पाएको बताए ।

खेलकुद सामग्री वितरण कार्यक्रममा नेकपाका युवा नेता रविन्द्र साह, जिल्ला समन्य समिति सदस्य गिता पासममान, सिरहा नगरपालिकाका मेयरका प्रत्यासी डा नविन यादव, वडा नम्बर ६ का वडाअध्यक्षका प्रत्यासी दिनेश यादव, जिल्ला फुटबल संघका अध्यक्ष अरुण कुमार साह, महासचिव कृष्ण कुमार यादव लगायत सहभागी रहेको थियो । कार्यक्रमको संचालन खेलाडी रामभरोस यादवले गरेका थिए ।

पहिलो दिन ६ वटा कल्वलाई खेलकुद सामग्री वितरण गरेको कल्वले सिरहा नगर क्षेत्रका अरु १६ वटा वडालाई क्रमशः दुई दिनभित्र खेल सामग्री हस्तान्तरण गरिसक्ने अध्यक्ष यादवले बताए ।

२ हजारको सहयोग हस्तान्तरणयसैवीच सलहेश कल्वका अध्यक्ष राजिप यादवले आफूले पाएको राहत रकम अर्का एक खेलाडीलाई हस्तान्तरण गरेका छन् । आफू रेफ्री पनि भएकोले जिल्ला फुटबल संघले आर्थिक सहयोग स्वरुपको २ हजार रकम सहयोग गरेपछि त्यो रकम फुटबल खेलाडी शम्भु कुमार यादव (हावा)लाई प्रदान गरेको बताए । उक्त चेक रकम प्रदेश साँसद यादव मार्फत खेलाडी शम्भुुलाई प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...