अबैध कारोबारमा बिष्णुपुर इप्रका इन्चार्ज खेरबारको संगलनता,दारु ब्यपारि सँग पैसाको चाँजोबाजो नमिल्दा महिना असुलिको पोल बाहिरियो ।

  • असार १३, २०७७
  • ४३४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेशटाइम्स÷१३ असार,बिष्णुपुर सिरहा । कोभिड १९ कै बिच अबैध घरेलु खुला मदिरा बेचबिखनको बिगबिगी चर्चामा रहदा सिरहाको बिष्णुपुर इलाका प्रहरी इन्चार्ज सुरेन्दर खेरबारको संगलनता दारु ब्यपारिहरु सँग रहेको पोल बाहिरिएको छ ।

इन्चार्ज खेरबारले बिष्णुपुर स्थित बिभिन्न दारु भट्टि र खुला मदिरा ब्यपारिहरु सँग अबैध व्यपार संचालन बापत रकम असुलि गरिदै आएको धन्धामा माँगे बमोजिम पैसा तिर्न नसकेछि मदिरा व्यपारिहरुले घुसखोरिको पोल बाहिर ल्याएको हो । एक जना व्यपारिका अनुसार खुला मदिरा बेचे बापत म संग महिनाको पैतिस सय रुपैया खेरबारले लिदै आएको र अब यसले पुग्दैन यसमा थप गरि महिनाको अक्षरेपि पाँच हजार तिर्नु पर्ने भनेपछि बाध्य भएर पोल खोल्नु परेको बताए ।

व्यपारिले भने दुई तिन दिन अगाडि केहि दारु भट्टिहरु बाट पाँच हजारको दरले खेरबारले पैसा पाएपछि यि समस्या म माथि पनि थपिएको बताए । उनले, करिब दुई दर्जन मदिरा भट्टि रहेको बिष्णुपुर स्थित सबैबाट महिनाको ३५ सय देखि ५ हजारको हाराहारीमा रकम असुलि गरिरहेको ठोकुवाको साथ भन्दै यस अघि पनि खेरबारको घुसखोरीको बारेमा अवाजहरु वजारमा गुँजेपछि नेताकोहरुको सोर्समा पद जोगाउन सफल भएको बताए ।

त्यसतै एक किराना खुद्रा व्यपारि संग महिनाको ५ सय,मिर्चाइ आलु प्याज बला सँगं ५ सय र जय नगरबाट बिष्णुपुर चोहर्वा गोलबजार अन्य ठाउँहरुमा किराना समान पुगाउने बलेकियाहरु सँग दिनहु सय पचास असुलि बाहेक महिनाका २५ सय देखि ५ हजार सम्म असुलि गरिरहेको एक श्रोतले जानकारी गराए ।

यस अघि पनि खेरबार घुस मागेको रेकर्ड बहिर आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...