नागरिकता बिधेयक ऐन संसोधनको खारेजीको लागी जनमत पार्टी कपिलबस्तु द्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन-पत्र

  • असार १२, २०७७
  • ४२२ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 

कपिलबस्तु ,आषाढ़ १२। सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनमत पार्टि कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा मधेश र मधेशी समुदायलाई लक्षित गरी हजारौं बर्ष देखि कायम रहदै आएको भारत सँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न पूर्वाग्रही भावनाले षड्यन्त्रकारी विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध सो पत्रमा उल्लेख गरिएको छ।बर्तमान असफल सरकारले आफ्नो असफलता ढाकछोप गर्न आमजनताको ध्यान मोडन नयाँ राष्ट्रबादको नौटङ्की गरेको र मधेसी समुदायलाई मानसिक तनाव दिएर हाम्रो हजारौं बर्ष देखि परम्परागत रूपमा चलिरहेको रीतिरिवाज , संस्कार ,पहिचान र भारत सँग रहेको रोटीबेटीको नाता माथि प्रहार गर्न खोजेकोले कदापि स्वीकार नहुने ज्ञापन पत्रमा लेखिएको छ। 105020116_3227610647305031_5665565694098870299_n सरकारले मधेसीलाई राजनीतिक रूपमा कमजोर बनाउन षड्यन्त्र गरेको छ। अङ्गीकृत नागरिकलाई पहिले नै उच्च ओहदामा पुग्न संबैधानिक रोक लगाइसकेको सरकारले फ़ेरि ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त गरि हरेक क्षेत्रमा पछाडि पार्न खोजिएकोले सो विधेयक सरकारले खारेज गर्नैपर्छ , खारेज नभएमा ,हामी अब ठुलै आन्दोलन गर्ने भनि पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...