लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्दै

  • असार १२, २०७७
  • ९७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

Ajay Mishra

 कपिलवस्तु, असार १२ उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अनलाईन कक्षा सञ्चालन गर्ने सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् । कंडेलले कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । एस.ई.ई पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ् सेन्टरले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन सेन्टरले आग्रह गरेको छ । विगतका बर्षहरुमा लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिमा अध्ययन गरि काठमाण्डौ बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...