सिरहाको बिष्णुपुर गपा वडा ५ मा सर्पको टोकाइ बाट एकको मृत्यु

  • असार १२, २०७७
  • ५४९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहाको बिष्णुपुर गाउँपालिकामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका –५ लक्ष्मीपुरका चलितर यादवको नाति महेश कुमार यादवको छोरा ९ महिने बालक अदित्य कुमार यादवलाई सर्पको टोकाइबाट बुधबार साँझ मृत्यु भएको हो । घरको आँगनमा खेली रहेका बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि बालक रुनथाले पछि उनका आमाले थाहा पाएका थिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएको बालकलाई चोहर्वा स्थित सर्प उपचार केन्द्र आर्मी क्यापमा लगेका थिए । थप उपचारका लागि बालकलाई कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...