सार्वजनिक सम्पत्तिको संरक्षण र पर्वधन हाम्रो दायित्व हो-गापा अध्यक्ष जागेश्वर यादव

  • असार १२, २०७७
  • ५४७ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/ १२ असार ,बिष्णुपुर  सिरहा । सिरहाको बिष्णुपुर आदर्श गाउँपालिका भए सँगै बिष्णुपुर गाउँपालिकाको चौतर्फी बिकास कार्य तादरुकताका साथ अगाडी बढेको छ। बिष्णुपुर गाउपालिकाको हरेक क्षेत्र हाराभारा र सुन्दर स्वछ होस भने धेयले यस गाउपालिकाको सडक रोड नहरको पेटिहरुमा समेत सरसफाइ कार्य शुरु गरेको गाउपालिका अध्यक्ष जागेश्वर यादबले बताउनुभयो ।अध्यक्ष यदवले आज शुक्रबार जगंलै जगंल देखिएको नहरको पेटिहरुमा  सरसफाइ गराउनु हुदै यसम सयौं टिप ग्र्याभेलको ब्यबस्थापन गरेको बताउनुभयो ।उहाँले सार्वजनिक सम्पत्तिको संरक्षण र प्रबर्द्धन हाम्रो दायित्व रहेको बताउदै बिकास निर्माणको कार्य र जनताको हरेक बिकासमुखी आकंक्षा पुरा   गर्न आफु एक कदम पनि पछाडी नरहने समेत बताउनुभयो। सार्वजनिक सम्पत्तिको संरक्षण र प्रबर्द्धनमा अग्रिम भुमिका खेलिदै आएको अध्यक्ष यादव गाउँपालिकाको हरेक सिमा संरक्षण र गापाभित्र रहेको आम्दानीको स्रोत पोखरी अलानी /बांझो जग्गाहरु समेतलाई संरक्षण गरिदै आएको बताएका हुन। गरिब मजदुरहरुको सहाराको रुपमा समेत रहेको राजनिती चिन्तन बाट दुरुस्त अध्यक्ष यादव जनतको गहना बनेका हुन।प्रदेश २ कै नमूनाको रुपमा रहेको सिरहाको एक मात्र गाउपालिका बिष्णुपुरका गापा अध्यक्ष पनि आदर्श र नमूना बिकासप्रेमी बिचारको रहेको गाउपालिकाबासिहरु बताउँछन् । पाँच वटा वडा रहेको यो गाउपालिकाको हरेक वाडामा स्वास्थको क्षेत्रमा अस्पताल ,यातायातको सहजताको लागी कालोपत्र र ढलान वडाहरुको आवश्यक ठाउहरुमा सामुदायिक भवन शिक्षाको क्षेत्रमा बिदालयहरु प्रती साकारात्मक धारणा र कृषिको क्षेत्रमा किसानहरुको पिडा मर्कालाइ बिचार गरि सहजता प्रदान गर्दै सहर र बजारहरुलाइ ब्यब्स्थित गरि पोखरीका डिलहरु समेतलाई सिगांरेर अध्यक्ष यादव  लोकप्रियताको शिखर चुमेको खुशी ब्यक्त गर्दै वाडाबासिहरुले चर्चा चलाएका हुन। उनिहरु भन्छन् आदर्श गाउपालिकाको आदर्श अध्यक्ष जागेश्वर यादवले बिकासको लहरनै ल्याका हुन ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...