क्वारेन्टाइन विपक्षमा गुमस्ता पुगे अदालत

  • असार ११, २०७७
  • १०३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विजय यादव उच्च अदालत जनकपुर, राजविराज इजलासमा प्रदेश २ सरकारविरुद्ध मुद्दा दायर भएको छ ।
सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादव ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ जनकपुर धाम धनुषा , जिल्ला प्रशासन कार्यालय सिराहा , जिल्ला प्रशासन कार्यालय सप्तरी दुई जिल्लाका ७ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् । विपक्षीले मापदण्डअनुसार क्‍वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् ।gu
विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा सिराहा को सुखिपुर नगरपालिका, लाहान नगरपालिका,धनगढीमाई नगरपालिका, बरियार्पट्ती गाउँपालिका नवराजपुर गाउँपालिका उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।
मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्‍वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश २ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ । जब कि नेपालको सबै भन्दा बढी सन्क्र्मित प्रदेश न. २ मै छ्न !
उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार 10 गते आदेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...