महिला विभेद यथावत, कन्डमसरह सेनेटरी प्याड निःशुल्क गर भारती गुप्ता

  • असार ११, २०७७
  • १५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

आजसम्म महिला पुरुषको भेदभाव रोकिएको छैन । वास्तवमा महिला पुरुषको भेदभाव सरकारबाट पनि हुदैछ । सरकारले सेनेटरी प्याड र कन्डममा भेदभाव गरेको छ । महिलाले प्रयोग गर्नै सेनेटरी प्याडमा निशुल्क दिएको छैन । तर पुरुषले प्रयोग गर्नै कन्डम नि.शुल्क दिएको छ । यस्तो भेदभाव महिला पुरुषमा भइरहेको छ । भेदभाव भनेको जातजातीमा हुदैथ्यो । अहिले जातजातीको भेदभाव यथावतै रहेको छ भने केही हदसम्म त्यो छुवाछुत हटदै छ । तर सेनटरी प्याडमा कन्डमको भेदभाव हटनेवाला छैन । सरकारले पुरुषलाई माया गरेको छ । तर महिलालाई हेला गरेको छ । सेनेटरी प्याड नि.शुल्क भएको भए महिलाले महिनावारीको समयमा सरसफाइमा बढी ध्यान दिन सकिन्छ । महिलाले बढी सरसफाइमा ध्यान दिने समय महिनावारीको समयमा ख्याल गर्ने समय हो । महिनावारीको समयमा एक दिनमा कम्तीमा चार पाँच वटा प्याड फेर्नु पर्छ । महिलालाई एक महिनामा कम्तीमा दुई प्याकेट प्याडको आवश्यकता रहेको हुन्छ । त्यो पनि एक जनाले मात्र प्रयोग गर्न सकिन्छ । यदि कसैको घरमा चार जना छोरी र आमा वुहारी मिलाएर आठ जनाले प्याड प्रयोग गर्छन । एक जनालाई दुई प्याकेटको प्याडको आवश्यकता रहेको हुन्छन । भन्ने एउटा परिवारमा आठ सय प्याडमा खर्च गर्न सकिदैन । त्यसै कारण सरसफाइ रहनको लागि स्वस्थ्य जीवन जिउनको लागि सरकारले सेनेटरीप्याडमा नि.शुल्क गर्न अतिआवश्वयक हो । महिलाको समस्या छदैछ । तर सबै भन्दा बढी आवश्यकता बालिकाहरुलाई रहेको छ बाह्र तेह्र वर्षको बालिकाहरुले महिनावारी भएको समयमा उनीहरुलाई सरसफाइ रहनको लागि सेनेटरी प्याडको आवश्यकता रहेको हुन्छ । गरिबीको कारण परिवारमा आर्थिक अवस्था कमजोर भएकोले सेनेटरी प्याडको आवश्यकता बमोजिन उपलब्ध हुन सक्दैन । त्यसैकारण यी बालिकाहरुले आफनो ज्यानको जोखिममा पारेर घरमा भएको सडेको पुरानो लुगाहरु प्रयोग गर्छन ।यसबाट बालिकाहरुले आफनो स्वस्थ्य जीवनलाई सुधार्न सकिरहेको र्छैन । विभिन्न किसिमाको समस्या भ्mेल्दै आइरहेको हुन्छ । सानै उमेरमा विभिन्न रोगहरुको जोखिममा परेका हुन्छन् । बालिकाहरुको लागि सेनेटरी प्याड कन्डम भन्दा बढी आवश्यक हो । महिलाले एक छाक खाना नखाएपछि उ बाँच्न सक्छ । तर सेनेटरी प्याड बिना बाँच्न सक्दैन, । एक छाक खाना नखाएपछि विभिन्न किसिमको रोग लाग्दैन, । तर एक दिन सेनेटरी प्याड प्रयोग नगरेमा विभिन्न रोगको जोखिममा पर्न सकिन्छ । त्यसै कारण कन्डम भन्दा कैयो गुना बढी आवश्यक सेनेटरी प्याड रहेको छ । त्यसै कारण सेनेटरी प्याड नि.शुल्क आजैेदेखि कन्डम जस्तै सेनेटरी प्याड पनि निःशुल्क गर्नु महिलाहरुको माग रहेको छ । त्यति मात्र होइन । स्कूल पढने बालिकाहरुलाई कति समस्या भएको हुन्छ । सेनेटरीप्याड नभएको कारण स्कूले बालिकाहरुले घरमा भएको पुरानो कपडा प्रयोग गरी स्कूल जाने गर्छन् । तर कपडा प्रयोग गरेपछि के फाइदा बेफाइदा हुन्छ ? ती बालिकाहरुलाई केही जानकारी नभएको कारण विभिन्न रोगको शिकार बनेका हुन्छ । सेनेटरी प्याड बिना बालिकाहरुको जीवन अँध्यारो भएको हुन्छ । त्यसैकारण सरकारले जसरी कन्डमलाई नि.शुल्क गरेको छ । त्यसैगरी नै सेनेटरी प्याडलाई नि.शुल्क गर्नु बालिकाहरुको जोडदार माग रहेको छ । महिलाले प्रयोग गर्नै सेनेटरी प्याडको अवश्यकता कन्डम भन्दा बढी रहेको छ । महिलालाई महिनापिच्छे प्याडको अवश्यकता रहेको हुन्छ । तर पुरुषलाई स्थाइ साधनको लागि कन्डम उपलब्ध गराएको हुन्छ । महिलाले विभिन्न रोगबाट बच्नको लागि सेनेटरी प्याडको प्रयोग गरेका हुन्छ । महिलाहरुलाई महिनाबारीको समयमा महिलाले बढी मात्रामा अरु दिनदेखि बढी सरसफाई ध्यान दिने समय हो । महिनबारीको समयमा फोहोर रगत आएको हुन्छ । त्यो रगतको गन्धबाट महिलालाई विभिन्न रोगको जोखिमामा परेका हुन्छ । महिलाहरुले सेनेटरी प्याड नभएको कारण घरमै भएका पुराना लुगाहरु प्रयोग गर्छन । ती प्रयोग गरेका पुराना लुगाहरु बाथरुममा सफा गर्छ । सफा गरेको रगतको गन्ध पुरै बाथरुममा फैलिएको हुन्छ । तर त्यही बाथरुममा घरको अरु सदस्य वा बालबालिकाहरुले नुहाउन त्यही बाथरुममा जान्छ । त्यसबाट घरको अरु सदस्य विरामी हुन सक्छ । त्यती मात्रै होइन । हामीले खाना पकाउनको लागि साग तरकारी सफा त्यही बाथरुमा सफा गछौँ । खानामा पनि किटानुहरु गएको हुन्छ । त्यसैकारण महिलालाई सेनेटरी प्याड महिला जीवनमा धेरै नै उपयोगी रहेको छ । अप्ठयारो समय त त्यो हो । महिलाले घरको पुरना लुगाहरु प्रयोग गरेका हुन्छ । तर त्यो लुगालाई सफा गरेर कसैले नदेख्ने गरी अँध्यारो ठाउँमा सुकाएको हुन्छ । खुला ठाउँमा वा घाममा सुकाएको हुदैन । त्यसैकारण त्यस लुगामा किटानु मरेको हुदैन । त्यही लुगालाई अर्को महिनामा महिनावारी भएको समयमा त्यही लुगा फेरी प्रयोग गर्छ । कम्तीमा आठ दश चोटी त्यही लुगालाई प्रयोग गर्छन । त्यसबाट महिलामा बढी समस्या ढाड दुख्ने । पाठेघरमा क्यान्सर जस्तो रोग हुने भएको हुन्छ । गरिबीको कारण कतिपय महिलाहरुको यस्तो समस्या भएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई बढी अवश्यक्ता सेनेटरी प्याडको भएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई एक महिना सम्म सेनेटरीप्याड प्रयोग गर्नु पर्छ । त्यो अवस्थामा पनि नि.शुल्क सेनेटरीप्याड उपल्बध भएको हुदैन । महिला जीवन नै अप्ठयारो जीवन भएको हो । जब छोराछोरी जन्मने बेलादेखि आमा बनेको समयदेखि महिलालई सरसफाइमा बढी ध्यान गएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई सेनेटरी प्याडको बढी अवश्यकता भएको हुन्छ । त्यो समयमा महिलालाई सेनेटरी प्याड नभएको कारण महिलामा विभिन्न किसिमको रोगको जोखिमको समस्या भएको हुन्छ । यस्तो समयमा महिलालाई सेनेटरीप्याडको अवश्यकता बढी मात्रामा रहेको हुन्छ । यस्तो अवस्थामा पनि सरकारले महिला पुरुषमा भेदभाव गरेको छ । कन्डम नि.शुल्क दिइएको हुन्छ । तर सेनेटरी प्याड नि.शुल्क दिएको छैन । यो संसारमा महिलामाथी कति अन्याय भइरहेको छ । पुरुषलाई एउटा समस्या देखिएको कारण स्थाइ साधनको लागि कन्डम नि.शुल्क वितरण गरेको छ । महिलालाई कैयो समस्या भएको हुन्छ । तैपनि सरकारले सेनेटरी प्याडको उपलब्ध नि.शुल्क गराएको छैन महिलाहरुको र्आिर्थक अवस्था कमजोर भएको कारण सेनेटरी प्याड किन्न सकेको छैन । यसवारे सरोकारवाला निकायलाई केही थाहा नभएको होइन । फोहोरको कारण विभिन्न रोगको जोखिममा परेको छ । विभिन्न रोग लागेर महिलाले बच्चा जन्माउन असमर्थ भएको अवस्था छ । त्यो समयमा पुरुष र घरको अन्य सदस्यले विरामी परेको महिलालाई उपचार नगरी महिलालाई उल्टै दोषारोपन लगाउने गर्छन् । तँ बोक्सी हो बझीनिया हो । यस्ता विभिन्न आरोप महिलामाथी लाग्ने गरेको छ । जे उपचार गराउँनमा बढी खर्च गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...