साप्टी लिएको तीन हजार रुपैयाँ तिर्न नसके हत्या

  • वैशाख १३, २०७६
  • २९० पटक पढिएको
  • महेश सिंह महतो
alt


१२ बैशाख सिरहा 
सिरहाको लहानमा हत्या हुनेको क्रम दिनानु दिन बढदै गएको छ । सिरहाको लहान नगरपालिका– ९ गोठटोलका ६९ बर्षीय रतन बहादुर तामाङको हत्या आरोपमा सप्तरीको राजविराज नगरपालिका ३ निवासी ५५ बर्षीय ज्ञानबहादुर थापा मगरलाई प्रहरीले धनगढीमाई नगरपालिका– १० बाट पक्राउगरी बिहीवार पत्रकार सम्मेलनमा सार्वजानिक गरेका छन । एक चिया पसलेको हत्या गरेको आरोपमा ज्ञानबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार तामाङले ४ हजार ५ सय रुपैयाँ मगर सगँ सापटी लिएकोमा ३ हजार फिर्ता गर्न नसकिदा एकान्तमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानले खुलेको छ । मगरलाई आज कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठका अनुसार तामाङको शब गत शनिवार लहान नगरपालिका– १७ स्थित गोबिन्दपुर गढी स्थानको किनारमा मृत फेला परेको थिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...