ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो : राजेन्द्र महतो

  • फागुन २२, २०७५
  • १६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं/ टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा) ले आपत्ति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो ।

टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

हालैमात्र प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

अदालतको फैसलापछि खबरहबसँग कुराकानी गर्दै महतोले भने, ‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत हुँदैन । अदालतको यो फैसलाविरुद्ध हामी राष्ट्रिय आन्दोलनमा जान्छौं ।’

रेशम चौधरी एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस भएको उल्लेख गर्दै महताले भने, ‘एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस यसरी जेल जाने भए प्रचण्ड, केपी ओली, शेर बहादुर देउवा जेल जानु पर्यो । रेशम चौधरी मात्रै किन जाने रु

राजपा नेता महतोले अदालतको फैसलाविरुद्ध आन्दोलनमा जाने समेत चेतावनी दिए । ‘हामी आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौं,’ महतोले भने ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...