लहान अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने कार्य तत्काल रोक्न माग

  • जेठ २, २०७७
  • ५७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जेष्ठ २ लहान । लहानका गरिब,असहाय तथा निमुखा जनताको उपचारको केन्द्रको रुपमा रहेको राम कुमार उमाप्रसाद स्मारक अस्पतालमा कोरोना अस्पताल बनाउन नहुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

दैनिक सयौं बिरामी उपचार गराउने लहान अस्पतालको सट्टा लहानको अरु ठाउँ विकल्प हुँदाहुँदै पनि आम लहानबासीको भावना विपरीत प्रदेश सरकारले लहान घना बस्तीको बिचमा कोरोना अस्पताल बनाउनु घोर निन्दनीय भएको स्थानीय बासी तथा जनता समाजबादी पार्टी का युवा नेता ललित नारायण महतो तथा युवा नेता मनोज कुमार यादवले भनेको छ ।
 
लहान अस्पताललाई कोरोना बिशेष अस्पताल बनाईएमा वरिपरिको जनता कोरोनाको उच्च जोखिममा पर्ने हुँदा तत्काल लहान अस्पतालको सट्टा अरु ठाउँमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेर जनमतको कदर गर्न पत्रकार सम्मेलन मार्फत स्थ्ाानीय बासीहरुले प्रदेश सरकारलाई आग्रह गरेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...