लहान २४ गोविन्दपुरका दलित सुकुम्वासीले राहत पाएनन्, सडेको चामल खाने योग्य छैन

  • वैशाख ३१, २०७७
  • ४१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 लहान, ३१ बैशाख । कोरोना भाइरसको कारण ५० दिनदेखि लकडाउन छ । गरिब, दलित, विपन्नवर्गको लागि स्थानीयतहले राहतको व्यवस्था गरेको छ । सम्भवत पहिलो चरणको राहत अधिकाँश स्थानीयतहले वितरण गरिसकेको छ । लहान नगरपालिकाले दूई सत्ता अगाडि नै राहत वितरण गरिसकेको छ । तर, लहान २४ गोविन्दपुरमा सयौ दलित, गरिब, विपन्नवर्ग, सुकुम्वासीले राहत पाएका छैन । लहान २४ वडाका केही व्यक्तिलाई ढिलो राहत दिएपनि २० किलो चामल बाहेक अरु केही नपाएको गुनासो छ । त्यसमा पनि सडेको चामल दिएकोले खाने योग्य नरहेको रामकली पासमान बताइन् । पासमान अगाडि भन्छिन्—‘अरुलाई दाल, तरकारीलगायतको सामाग्री दियो ।’ ‘पाँच सात दिन दौडादौड गरेपछि मलाई २० किलो चामल मात्र दिएको छ ।’ ‘त्यो पनि सडेको छ ।’ ‘तपाईहरु हेर्नुस् यही हो सडेको चामल ।’ स्वास्थ्यमा हानी हुने चामल वितरण गरेर राहतको नाममा जनप्रतिनिधिहरुले कमिशनको चक्करमा छन् । गोविन्दुरको पर्वतीय पोखरीको डिलमा सुकुम्वासी जीवन विताइरहेका पनिलाल सदायले भने ‘अरुले राहत पाएको छ ।’ ‘मलाई पनि व्यवस्था गरिदिनुस् ।’ ‘राहतको लागि पटक पटक वडामा गएर तर पाएका छैन ।’ ‘यहाँ त हुनेखानेले राहत पाएको छ ।’ ‘मेरो त छैन ।’ राहत नपाउँने यस्ता कैयन दलित, गरिब, विपन्नवर्ग लहान २४ गोविन्दपुरमा यो लकडाउनमा छाक टार्न कठिनाई भोगिरहेका छन् । लहान २४ मा १७ सय बढी घर दलित, विपन्नवर्ग रहेका छन् । त्यस मध्ये आधा जति घरपरिवारले राहत नपाएको अर्जुन दास बताउँछन् । राहत वितरण गर्ने वडापक्षले वडा ठूलो रहेकोले सोही अनुरुप जनसँख्या पनि बढी रहेकोले राहत वितरण गर्न समय लाग्ने बताउँछन् । यता, स्थानीयतहले दोस्रो चरणको राहत वितरण गर्न तयारी गरिरहेको छ । कति स्थानीयतहले दोस्रो चरणको राहत वितरण गरिरहेको छ । लहानमा एकद्धार प्रणालीलाई चुनौती दिँदै विभिन्न संघसंस्था तथा व्यक्तिगत राहत वितरण समेत गर्दै आएको छ । तर, लहान २४ गोविन्दपुरमा राहत नपाएका सयौ दलित, गरिब , विपन्नवर्ग जीवनमरनको अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...