सुस्त मनस्थितिका युवकको विभत्स हत्या, शवबाट टाउको गायव

  • वैशाख ३०, २०७७
  • ९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुस्त मनस्थितिका युवकको विभत्स हत्या, शवबाट टाउको गायव सिरहाको लहान नगरपालिका १७ गोविन्दपुरका सुस्त मनस्थितिका एक युवकको विभत्स हत्या भएको छ । हत्यापछि युवकको शवबाट टाउको गायव छ । स्थानीय ३८ वर्षीय मोहमद सफिदको घर नजिकै रहेकाे आफ्नै बारीमा सोमबार मध्यरातमा टाउको नभएको शव भेटिएको हाे । घटनास्थलमा उत्तानो अवस्थामा रहेको सफिदको शवमा टाउको छैन भने छातीमा गहिरो चोट समेत लागेको प्रहरीले जनाएकाे छ । स्थानीय मो. इसाकका चारभाइ छोरामध्ये सफिद कान्छा हुन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार मंगलबार बिहान ६ बजेतिर टाउको नभएको शव भेटिएको खवर पाए लगत्तै घटनास्थल पुगेर घटनास्थल सील गरिएको छ । ‘शवको टाउको नभएकाले वरिपरि खोज्दैछौं’ थापाले भने, टाउको भेटिएको छैन ।’ घटनास्थल स्थानीय मुतनी जंगलदेखि करिब दुई सय मिटर पूर्व पर्छ । टाउको नभएको शव भेटिएको घटनास्थल गोविन्दपुर गाउँको मस्जिद नजिकै रहेको लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताए । मध्यरातमा हत्या भएको खवर पाएपछि स्थानीय गाउँलेले रातभर खोजी गर्दै प्रहरीलाई खवर गरेका थिए । कुकुरसहितको अनुसन्धान घटनास्थलमा घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको अनुसन्धान टोली पुगेकाे छ। ‘घटना जटिल भएकाले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गर्दै छौं,’ प्रहरी नायव उपरीक्षक थापाले, ‘घटनास्थल र वरिपरिका ठाउँमा प्रहरीले निगरानी बढाएको छ ।’ Courtly: Naya Patrika

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...