मानहानी गरेको भन्दै एभीन्यूजमाथि प्रेस काउन्सिलमा पर्यो उजुरी

  • वैशाख २९, २०७७
  • ४९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२९ बैशाख टिआरपीकै लागि मानहानी गरेको भन्दै एभीन्यूज टेलिभिजनमाथि नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ ।झा ब्रदर्स मिडिया हाउस प्रालि सिरहाले एभीन्यूज उपर उजुरी गरेको हो । एभीन्यूजले मानहानी गरेको भन्दै उजुरी गरेको झा ब्रदर्स मिडिया हाउसले जनाएको छ ।

झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपकरण ल्याउन प्रेस लेखिएको गाडीसहित काठमाडौं गइरहेको विषयलाई मानहानी हुने तरिकाले एभीन्यूजले रिपार्ट प्रशारण गरेको थियो । 

काठमाडौं जाने क्रममा काभ्रेपलाञ्चोकको सांगास्थित एभीन्यूजले गाडीमा प्रेससमेत लेखिएको भएपनि र सो गाडीमा सवार रहेका झा ब्रदर्सका अध्यक्ष सितल झाले रेडियोको लागि उपकरण ल्याउन गइरहेको बताउँदा समेत प्रेसको गाडीमा यात्रु ओसारपोसार गरिरहेको भनेर मानहानी गरेको झाले बताए । 

लकडाउनमा सामाजिक दुरीलाई दुष्टिगत गर्दै उनीहरु चारजना मात्रै सवार भएर काठमाडौंका लागि हुइँकिएका थिए । लामो दुरी भएकाले दुई जना चालक र अध्यक्ष झासहित रेडियोका लेखा गाडीमा सवार थिए । 

गाडी सांगामा जाममा परेपछि स्थलगत रिपोर्टिंगमा रहेका एभीन्यूजका केदार कोइरालाले यात्रु ओसारपोसार गरिरहेको भनी भिडियो लिएको र प्रेस प्रमाणपत्र देखाउँदासमेत भ्रामक रिपोर्ट प्रशारण गरेको झाको भनाई छ ।

सबै प्रमाण देखाउँदासमेत एभीन्यूजले टिआरपीकै लागि जबर्जस्ती मानहानी गरेको झाको आरोप छ । उनले प्रेस काउन्सिलमा उजुरी दिएको बताउँदै एभीन्यूजलाई कारवाही गर्न माग गरे । आवश्यक परे अदालतसम्म जाने पनि उनले बताए ।

लकडाउनमै अचानक ट्रान्समिटर बिग्रिँदा काठमाडौं जानैपर्ने बाध्यता परेपछि जिल्ला प्रशासन सिरहाबाट अनुमित लिएर गएको झा ब्रदर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत् प्रशारण भएको भ्रामक र तथ्यहिन सामाग्रीप्रति खेद समेत प्रकट गरिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले हालको पत्रकारिताप्रति संवेदनशीलताको अभाव औल्याए ।

 

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...